३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि

मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि
अ+ अ-

काठमाडाैँ । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५ दशमलव २ प्रतिशत पुगेको । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समिक्षा प्रतिवेदनमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको वृद्धिदर भने छ दशमलव पाँच प्रतिशतमा सीमित रहेको जनाएको छ ।

केन्द्रीय बैंकले चालु आवका लागि विस्तृत मुद्रा प्रदाय १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा १२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको थियो । समीक्षा प्रतिवेदनअनुसार दश महिनाको औसत मुद्रास्फीति दुई दशमलव ६६ प्रतिशत छ । चालु आवका लागि औसत उपभोक्ता मुद्रास्फीति पाँच प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिइएको थियो । २०८३ वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव शून्य चार प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएकोमा वैशाख मसान्तसम्मको सञ्चिति १९ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ । चालु आवको मौद्रिक नीतिले भारित औसत अन्तरबैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रूपमा यथावत् राख्दै स्वचालित तथा नियममा आधारित खुला बजार कारोबारलाई निरन्तरता दिने व्यवस्था गरेको थियो ।

समीक्षा अवधिमा भारित औसत अन्तरबैंक दरलाई सञ्चालन लक्ष्यका रूपमा राखी आवश्यकता अनुसार खुला बजार कारोबार तथा ब्याजदर करिडोरका उपकरण परिचालन गरिएको राष्ट्र बैंकले जनाएको छ । खुला बजार कारोबार विनियमावली तथा कार्यविधिअनुसार स्वचालित र नियममा आधारित ढङ्गले सञ्चालन हुँदै आएको पनि प्रतिवेदनमा उल्लेख छ ।

मौद्रिक नीतिमार्फत चेक अनादरका कारण कालोसूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गर्ने लक्ष्य राखिएकोमा सो विषयमा अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, ग्राहकको क्रेडिट स्कोरका आधारमा समेत बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्ने व्यवस्था कार्यान्वयनका लागि विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा आवश्यक संशोधन गरी २०८३ जेठ २५ गते जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।