४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

श्रीलंकाका राष्ट्रपतिद्वारा पुन : उम्मेदवार नहुने घोषणा

श्रीलंकाका राष्ट्रपतिद्वारा पुन : उम्मेदवार नहुने घोषणा
अ+ अ-

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति पदको निर्वाचनमा पुनः उम्मेदवार नहुने घोषणा गर्नुभएको छ । चुनावका लागि आइतबार भएको उम्मेदवारी दर्ताका क्रममा श्रीलंकाको राजनीतिमा निकै प्रभावशाली महिन्दा राजपाक्ष परिवारका दुई सदस्यले उम्मेदवारी दिएका छन् । श्रीलंकामा आगामी नोभेम्बर १६ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतबार दिउँसोसम्मका लागि तोकिएको समयसीमाभित्र ४१ जनाले उम्मेदवारी दिएको जनाएको छ । उम्मेदवार हुन दर्ता शुल्क समेत बुझाउनुभएका राष्ट्रपति सिरिसेनाले अन्तिम समयमा राष्ट्रपति पदका लागि उम्मेदवारी नदिनु भएको निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का प्रवक्ताले पनि राष्ट्रपतिले पुनः उम्मेदवारी दिन अस्वीकार गर्नुभएको पुष्टी गर्नुभयो । गत वर्ष प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पदच्यूत गरी पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि उहाँ विवादमा तानिनुभएको थियो । तर श्रीलंकाली सर्वोच्च अदालतले सिरिसेनाको कार्यलाई अवैधानिक बताउँदै विक्रमासिंघेलाई नै पुनर्वहाली गर्न आदेश दिएको थियो । राजपाक्षका दुई जना दाजुभाइ गोटाभाया र चमलले उम्मेदवारी दिनुभएको छ । यस्तै विक्रमासिंघेको युनाइटेड नेसनल पार्टीका उपनेता सजिथ प्रेमदासाले पनि उम्मेदवारी दिनुभएको छ ।

श्रीलंकाको वर्तमान राजनीतिक परिदृश्यमा मुलुकको पूर्व रक्षामन्त्री समेत रहेका गोटाभाया निकै शक्तिशाली उम्मेदवारी मानिएका छन् । तर उहाँमाथि धेरैवटा भ्रष्टाचारका आरोपहरुका साथै श्रीलंकाली नागरिक रहेनरहेको बारेमा विवाद छ । उहाँले सन् २००३ मा लिएको अमेरिकी नागरिकता त्यागेको घोषणा गर्नुभएको छ ।

तर उहाँको योग्यतामाथि अझै पनि प्रश्न उब्जिएको छ । त्यहीकारण राजपाक्ष परिवारका तर्फबाट संसदका पूर्व सभामुख समेत रहनुभएका चमललाई पनि उम्मेदवार बनाइएको छ । चुनावका लागि करिब १ करोड ६० लाख जनता मतदाता सूचीमा रहेका छन् ।