२२ असार २०८३, सोमबार
,
Latest
तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २६ अङ्कले घट्यो



अ+ अ-

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार ६२७ दशमलव ११ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५३ अङ्कले ओरालो लागेर ४५६ दशमलव २७ मा पुगेको छ । कूल ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर रु तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र–२०८४, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट, आँखु खोला जलविद्युत् कम्पनी र ग्लोबल आइएमई बैंकको डिवेञ्चर कारोबारका आधारमा शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

यस्तै, स्नो रिभर लिमिटेड, सानिगाड हाइड्रो, कालङ्गा हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक र एसबिएल डिवेञ्चरका लगानीकर्ताले कमाएका छन् । यस्तै, थ्री स्टार हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर, एनआइबिएल स्टेवल फण्ड र उपकार लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् ।