२२ असार २०८३, सोमबार
,
Latest
पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णाली नदीमा भएको सवारी दुर्घटनापछि उद्धार कार्यमा सरकारले गम्भीर लापरबाही गरेको आरोप लगाउनुभएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता शाहीले सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक गाडी कर्णाली नदीमा खस्दा सरकारले हेलिकप्टरमार्फत तत्काल उद्धार गर्न नसकेको भन्दै आपत्ति जनाउनुभयो। विपद्का बेला हेलिकप्टर परिचालन गर्ने प्रतिबद्धता सरकारले संसदमै जनाएको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको उहाँको भनाइ थियो।

उहाँले मन्त्रीहरू हेलिकप्टरमा आवतजावत गरिरहँदा कर्णालीका नागरिक भने नदीमा डुबेर ज्यान गुमाउन बाध्य भएको उल्लेख गर्दै यस घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गर्न सभामुख देवराज घिमिरेमार्फत रुलिङ गर्न आग्रह गर्नुभयो।

शाहीले दुर्घटनापछि सम्बन्धित निकायका जिम्मेवार व्यक्तिलाई सम्पर्क गर्दा फोनसमेत नउठाइएको दाबी गर्दै नागरिकको जीवनरक्षाजस्तो संवेदनशील विषयमा सरकारले गम्भीर बेवास्ता गरेको आरोप लगाउनुभयो।

संसदमा बोल्दै उहाँले, “आज मन्त्रीहरू हेलिकप्टरमा उडिरहेका छन्, तर कर्णालीमा नागरिक डुबिरहँदा उद्धार हुन सकेन। के कर्णालीका जनता यो देशका नागरिक होइनन्? कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो? यसको स्पष्ट जवाफ सरकारबाट आउनुपर्छ,” भन्नुभयो।

उहाँले कर्णाली नेपालको सभ्यता र पहिचानसँग जोडिएको क्षेत्र भए पनि विपद्का बेला राज्यको प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो। सरकारले विपद् व्यवस्थापनका लागि हेलिकप्टर परिचालन गर्ने आश्वासन दिए पनि कर्णालीका नागरिकले त्यसको अनुभूति गर्न नपाएको उहाँको भनाइ थियो।

नेता शाहीले यसअघि डोल्पामा भएको दुर्घटनामा पनि हेलिकप्टरमार्फत उद्धार गर्ने प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराउँदै नागरिकको जीवन बचाउने विषयमा राज्य संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो।