![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
सप्तरी । सप्तरीमा एक जना ज्येष्ठ नागरिकको हत्या आरोपमा मंगलबार उनका छोरा र श्रीमती पक्राउ परेका छन् । कुटपिटबाट ६२ वर्षीय मोहम्मद गफुर पमरियाको ज्यान गएपछि फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
![](https://newspolar.com/wp-content/uploads/2018/12/arrested1.jpg)
आइतबार राति रक्सी खाएका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु भएको बताइएको छ । गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मोहम्मद इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो ।
आरोपित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।