२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीद्वारा उत्तरी सिरियामा स्थल आक्रमण



अ+ अ-

काठमाडौं । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण सुरु गरेको छ । टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेको टर्कीका अधिकारीहरूले बताएका छन् ।

टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु हो । अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीले गरेको हमलालाई बेठीक भन्दै आलोचना गरेका छन् । उनले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको हो ।

अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको ठानिएको छ । बुधबार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौँ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेको थियो । फ्रान्स, जर्मनी तथा ब्रिटेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आह्वान गरेका छन् । ब्रिटिश विदेशमन्त्रीले हमलाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।

हमलाले सो क्षेत्रमा अस्थिरता हुने, मानवीय सङ्कट गहिरिने तथा आइएसविरुद्ध मिलेका सफलता उल्टने जोखिम भएको उनले बताएका छन् ।