६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका ५० गाउँलाई तीन वर्षमा नमूना बनाइने



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका ५० वटा गाउँलाई आगामी तीन वर्षभित्र नमूना गाउँ बनाउने तयारी शुरु भएको छ । नमूना समाज सुर्खेतको सहजीकरण तथा स्थानीय तहको साझेदारीमा सुर्खेत, दैलेख र जाजरकोटका ती गाउँलाई नमूना गाउँ बनाउन लागिएको हो ।

सुर्खेतको सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, चिंगाड गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, जाजरकोटका भेरी नगरपालिका, छेडागाड नगरपालिका, कुसे गाउँपालिका, जुनिचाँदे गाउँपालिका तथा दैलेखको ठाटीकाँध र गुराँस गाउँपालिकामा नमूना गाउँ बनाइने नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

उहाँले हाल तीनवटै जिल्लामा नमूना गाउँ व्यवस्थापन समिति गठन गर्ने काम भइरहेको बताउनुभयो । हालसम्म १४ वटा व्यवस्थापन समिति गठन भइसकेका छन् । गाउँ छनौट गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिइएको छ । नमूना गाउँ बन्नका लागि पहिलो वर्ष मानव विकास सूचाकाङ्कसँग सम्बन्धित सशक्तीकरण र जनचेतनामूलक, दोस्रो वर्ष भौतिक पूर्वाधार तथा सीप विकास, अन्तिम तथा तेस्रो वर्ष स्थानीय तहलाई हस्तान्तरण गरिनेछ । “हरेक नमूना गाउँमा कम्तीमा २० जना स्वरोजगार हुने गरी योजना बनाइनेछ”, कार्यकारी निर्देशक घर्तीमगरले भन्नुभयो, “नमूना गाउँका लागि नौ वटा मुख्य सूचकलाई आधार बनाई १०५ सहायक सूचक हरेक वर्ष पूरा गर्नुपर्छ ।”

शिक्षा, स्वास्थ्य, पोषण सुधार, खानेपानी तथा सरसफाइ, जीविकोपार्जन, वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन, सशक्तीकरण र अधिकार, महिला–पुरुष समान नेतृत्व र लघु भौतिक पूर्वाधारका योजनाहरु गरी नौवटा मुख्य सूचक रहेको नमूना समाज सुर्खेतले जनाएको छ ।