२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल बनेपछि आवागमनमा सहज



अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका– ६ तुन्तेसका बलबहादुर घर्तीलाई बर्खा लागेपछि चिन्ताले सताउथ्यो । बिरामी पर्दा स्वास्थ्य चौकी, किनमेलका लागि बजार र आवश्यक सेवा लिन वडा कार्यालय कसरी जाने भन्ने चिन्ता हुन्थ्यो । बर्खामा पानी परेपछि ठाड खोला क्षणभरमै उर्लिन्छ, खोला तर्न सकिँदैन । बजार, वडा कार्यालय र स्वास्थ्यचौकी जानका लागि छोटो दूरीको बाटो नै ठाड खोला पार गरेर जानु हो । अब भने उनलाई त्यो चिन्ता हटेको छ ।

किनकी बाटो अवरोध गर्ने ठाड खोला पुलमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । उनले भने, “जब बर्खा लागेपछि चिन्ताले सताउथ्यो, किनमेलका लागि बजार जान, वडा कार्यालय र बिरामी हुँदा स्वास्थ्य संस्थासम्म जाने बाटो ठाड खोलाले छेकिदिन्थ्यो, अब भने यी समस्याबाट मुक्ति मिलेको छ ।” अर्का स्थानीयकुमार घर्तीले पनि पुल निर्माणपछि खुशीको सीमा नै नरहेको बताए । पुल निर्माणका लागि सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।

पुल निर्माणपछि वीरबहादुर र कुमार जस्तै २६५ घरका एक हजार ३२५ जना प्रत्यक्ष लाभान्वित भएका छन् । पुल निर्माण समितिका अध्यक्ष वीरबहादुर गुरुङका अनुसार २६५ घरधुरीका बासिन्दाबाहेक आसपासका वडा नं २ का हुस्ती, काउले र वडा नं ७ का दाहाखानीका बासिन्दा पनि यस पुलबाट लाभान्वित हुनेछन् ।

प्राविधिक कार्यालय चितवनबाट रु १७ लाख ६९ हजार ३० रुपैयाँ ६४ पैसा, गाउँपालिकाबाट रु एक लाख ९५ हजार हजार, स्थानीय श्रमदानबाट रु ६४ हजार ९ सय ७ पैसा, टिबिएसयु संस्थाबाट वस्तुगत सहयोग र सहभागी नेपाल संस्थाको सामाजिक तथा प्राविधिक सहयोग गरी कूल रु ३३ लाख २५ हजार ८८९ लागतमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष गुरुङले जानकारी दिए । पुलको लम्बाइ ६६ मिटर लामो रहेको छ ।

वडाध्यक्ष भूपेन्द्र चेपाङका अनुसार यसअघि यहाँका बासिन्दाले बर्खायाममा किनमेलका लागि बजार, बिरामी हुँदा स्वास्थ्य संस्था र वडा कार्यालयसम्म जान समस्या भोग्दै आएका थिए । गाउँपालिकाको विकट स्थानमा रहेको यहाँ चेपाङ, घर्ती र गुरुङ समुदायको बसोबास रहेका छन् । पुल निर्माण सम्पन्नपछि निर्माण समिति र सहयोगी संस्थाले वडाध्यक्ष भूपेन्द्र चेपाङ र स्थानीयको सहभागितामा सार्वजनिक सुनवाईसमेत सम्पन्न गरेको स्थानीय समाजसेवी तथा पुल निर्माणमा सहयोगी भूमिका निर्वाह गरेका यामबहादुर गुरुङले जानकारी दिए ।