६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि ऐतिहासिक : गच्छदार



अ+ अ-

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग आज सङ्क्षिप्त कुरा गर्दै उहाँले २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनुले सबै नेपालीलाई उत्साहित बनाएको छ भन्नुभयो । उपसभापति गच्छदारले चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपाललाई सुखद अवसर प्राप्त भएको छ भन्दै भ्रमणबाट कति उपलब्धि हासिल गर्न सकिन्छ यो सरकारमा निर्भर रहने धारणा राख्नुभयो ।

उहाँले काठमाडौँबाट केरुङसम्म चल्ने रेलबाट नेपालले आर्थिक, व्यापारिक एवं पर्यटकीय लाभ लिने तर्क गर्दै संसारका दुई ठूला शक्तिशाली राष्ट्र चीन र भारतबाट नेपालले प्रशस्त लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो । तीब्र गतिमा विकसित भइरहेका यी देशहरुबाट नेपालले शिक्षा लिनुपर्ने तर्क गर्दै उपसभापति गच्छदारले नेपाली जनता लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले अरू कुनै प्रणाली स्वीकार नगर्ने स्पष्ट पार्नुभयो ।