९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा

राष्ट्रपति सिको भ्रमण – नेपाल चीन सम्बन्धमा ऐतिहासिक उचाइ

राष्ट्रपति सिको भ्रमण – नेपाल चीन सम्बन्धमा ऐतिहासिक उचाइ
अ अ+ अ-

  
एकराज पाठक  
नेपाली कूटनीतिक क्षेत्रको एक व्यग्र प्रतीक्षाको विषय रहेको मित्रराष्ट्र चीनका राष्ट्रपतिको नेपाल भ्रमणले शनिबार पूर्णता पाउने भएको छ । यो भ्रमणले दुई देशको मित्रतालाई ऐतिहासिक उचाइमा त पु¥याउने नै छ, यसबाहेक आपसी हित र पारस्परिक लाभका क्षेत्रमा पनि ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।    
    
गएको कम्तीमा एक दशकका नेपालका परराष्ट्रमन्त्री एवम् उच्च कूटनीतिज्ञलाई नेपाली आमसञ्चारले सोध्ने पहिलो प्रश्न ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ’ भन्ने थियो । साथै नेपालको कूटनीतिक क्षेत्रका धेरै अवयवहरुमध्ये सञ्चामाध्यमहरुमा प्रायः प्राथमिकतामा आउने विषय यो भ्रमणको थियो ।    
    
सञ्चारमाध्यममा मात्र नभएर आम नेपालीमाझ छाउने यो चासो र चर्चाको जवाफ अब लगभग एकै पटक प्राप्त हुने भएको छ । निकै लामो प्रतीक्षापछि चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार नेपाल आउँदै हुनुहुन्छ । यस भ्रमणले नेपाल चीन सम्बन्धमा गएको २३ वर्षपछि पहिलो पटक नयाँ आयाम र उचाइ थपिदिने भएको छ ।    
    
यतिखेर काठमाडौँ सी चिनफिङमय भएको छ । उहाँको स्वागतका लागि काठमाडौँले लगभग आफ्नो तयारी पूरा गरेको छ । सुरक्षाकर्मीहरु आवश्यक मात्रामा तैनाथ छन् भने भ्रमणमा हस्ताक्षर हुने एजेन्डाका लागि व्यापक मात्रामा गृहकार्य जारी छ । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेपछि यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हुनेछ । त्यसैले पनि यो भ्रमणले बढी चासो र चर्चा जन्माउनु स्वाभाविकै हो ।    
    
राष्ट्रपति चिनफिङको नेपाल भ्रमणको समाचार सम्प्रेषणका लागि दुई दिनअघि काठमाडौँ आएकी चिनियाँ समाचार समिति सिन्ह्वाकी समाचारदाता हुवाङ यिनजियाजी भन्नुहुन्छ, “मेरो पत्रकारिताको जीवनमा यो भ्रमणको समाचार ‘कभरेज’ लाई मेरो एक ऐतिहासिक जिम्मेवारीका रुपमा लिएकी छु ।” शुक्रबार बिहान सिन्ह्वा समाचार समितिका अन्य संवाददाताहरुसँगै चन्द्रागिरि हिल्समा भेटिएकी उहाँले यो भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो । “यो दुवै देशका लागि एक महत्वपूर्ण अवसर हो”, उहाँले भन्नुभयो ।    
    
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा आएदेखि नै नेपालमा चिनियाँ रेलको एजेन्डाको चर्चा थाल्नुभएको थियो । त्यसैले पनि यो भ्रमणमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार गर्नेबारेमा दुई देशबीच सम्झौता हुन सक्ने अनुमान सर्वत्र गरिएको छ । नेपालीहरुले चीनसँग रेलमार्गबाट जोडिन पाए राष्ट्रिय समृद्धिको बाटो खोल्न सहयोग पुग्ने अपेक्षा सर्वत्र गर्ने गर्दछन् । उनीहरुको कानमा चिनियाँ रेल पर्न थालेको पनि निकै भएको छ ।    
    
त्यस्तै यस भ्रमणका क्रममा केरुङ–काठमाडौँ सुरुङ मार्गसहितको सडक निर्माणका विषयमा पनि आवश्यक सहयोग सम्झौता हुन सक्ने अनुमान सर्वत्र गरिएको छ । केही वर्षअघि नाकाबन्दीको मारमा परेका नेपालीले वैदेशिक बन्द व्यापार तथा आधारभूत आवश्यकताको आपूर्तिका लागिसमेत निकासको दोस्रो विकल्पको खोजी उत्तरतर्फ नै गरिरहेका छन् । सपनाजस्तै बनेको हाम्रो हिमालपारिको उत्तरी छिमेकीसँगको दरिलो र भरपर्दो रुपको सडक सञ्जाल अर्थात् भौतिक ‘कनेक्टिभिटी’ को सपना अब भने साकार हुनसक्ने देखिएको छ ।    
    
नेपालको दक्षिणतर्फको सिमाना खुला र सहज भए पनि उत्तरी भूगोलको जटिलताका कारण मित्रराष्ट्र चीनसँगको सम्बन्धलाई भौतिक रुपमा जोड्न सकिएको छैन । दक्षिणतर्फजस्तो भौतिक रुपमा सहज बनाउन सकिएको छैन । त्यसैले पनि राष्ट्रपति सीको नेपाल भ्रमणमा दुई देशबीचको ‘कनेक्टिभिटी’ मा जोड दिइयोस् भन्ने माग सबै नेपालीको छ । नेपाली नागरिकले सबैभन्दा बढी इच्छ्याएको विषय पनि उत्तरी छिमेकीसँग भौतिक रुपमा जोडिन पाइयोस् भन्ने नै हो । दुई देशबीचको कूटनीतिक सम्बन्धले ऐतिहासिक उचाइ लिएजस्तै हामी भौतिक रुपमा पनि एकापसमा दिगो र भरपर्दो रुपमा जोडिन सक्यौँ भने आपसी हित र द्विपक्षीय लाभ यसैमा देखिन्छ ।    
    
बिआरआई चीनको एक बृहत् र महत्वाकाङ्क्षी आयोजना हो । यस आयोजनामा जोडिने अरू दक्षिण एशियाली राष्ट्रजस्तै नेपाल पनि अगाडि नै पर्दछ । नेपालले सन् २०१७ को मे १२ मा बिआरआई आयोजनामा हस्ताक्षर गरेको थियो । त्यस समयका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले चीनजस्तो समृद्ध छिमेकीबाट लाभ लिन सक्नुपर्ने सुझाव दिनुहुन्छ । यस भ्रमणलाई ऐतिहासिक भन्दै डा महतले बिआरआईबाट लाभ लिन नेपाल स्पष्ट तथा नेपालको दीर्घकालीन हित हुने कार्यक्रमका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले पनि दुई देशको सम्बन्धको प्रभावकारी सेतु ‘कनेक्टिभिटी’ नै हुने धारणा राख्नुहुन्छ ।    
    
चिनियाँ राष्ट्रपति सी आधुनिक चीनको विकासमा देङ स्याओ पिङपछिको चर्चामा चिनिनु हुन्छ । चीनको वर्तमान आर्थिक विकासको शिलान्यास देङको खुला चीन नीतिलाई मानिएजस्तै चीनलाई अहिले विश्वमा पु¥याउने काम सीको बिआरआईजस्तो बृहत् आयोजना र वर्तमान आर्थिक विकासलाई मान्ने गरिएको छ । यसरी पनि चीनको प्रभाव विश्वको नयाँ नयाँ भूगोलमा फैलिँदैछ ।    
    
आजको हैसियत हेर्दा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । यति समृद्ध मुलुक हाम्रो छिमेकी नै हुनु भनेको हाम्रा लागि ठूलो अवसर हो । तर यसबाट लाभ कसरी लिने भन्ने कुरा भने हामी आफँैले गर्ने हो । एक हिसाबले भन्ने हो भने हाम्रा लागि चीन समृद्धिको समुद्र नै हो । यो समुद्रबाट हामी के कति पानी उभाउन सकौँला, त्यो हाम्रै क्षमतामा भर पर्दछ भन्नुहुन्छ चीन मामिलाका एकजना जानकार एवम् ‘सेन्टर फर ट्रान्स हिमालय स्टडिज’ का अनुसन्धानदाता डा।बुद्धिप्रसाद शर्मा ।    
    
हाल चिनियाँ विश्वविद्यालयमा प्राध्यापन गरिरहनुभएका उहाँले यो भ्रमण दुई देशबीचको सम्बन्धको एक ऐतिहासिक घटना र अवसर दुवै हो भन्दै यसबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन सक्नुपर्ने धारणा राख्नुहुन्छ । चीनले नेपाललाई सधैँ मित्रराष्ट्रका रुपमा हेर्ने गरेको उहाँको बुझाइ छ ।    
    
राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनबीच हुने उच्चस्तरीय भेटवार्तामा विभिन्न उच्चस्तरीय सहमति र सम्झौताहरु हुने तयारी भएको छ । त्यस छलफल एवम् सम्झौतामा रेलमार्ग निर्माणको प्राथमिकता सरकारका तर्फबाट पहिलो देखिन्छ । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग परामर्श पनि गरिसक्नुभएको छ । त्यस क्रममा रेलमार्ग नै सबैको रोजाइको विषयमा परेको समाचार आएको छ । रेलमार्ग निर्माणको ‘मोडालिटी’ के कस्तो हुने भन्ने बारेमा स्पष्ट नभएको भए पनि यसलाई प्राथमिकतामा भने सबैले राखेका छन् ।    
    
मदन भण्डारी विश्वविद्यालय स्थापनाको विषय पनि एजेन्डामा छ । तर पनि तातोपानी, रसुवागढी, कोरला, किमाथाङ र लोमाथाङलगायतका सीमा नाकामा सुरक्षाका लागि काम गर्ने विषय छलफलको अर्को प्राथमिकतामा छ । यसबाहेक काठमाडौं–केरुङ रेलमार्गको डिपीआर एक वर्षभित्र सक्ने र आपसी समझदारीका आधारमा रेलमार्ग निर्माण थाल्ने विषय अर्को एजेन्डामा रहेको बुझिन्छ ।    
    
यसमा पहिलो चरणमा केरुङ–काठमाडौँ रेलमार्गको डिपीआर सकिएर काम शुरु भएपछि दोस्रो चरणमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको काम थाल्ने र चिनियाँ सहयोगमा तमोरखोला जलविद्युत् आयोजना निर्माणको