१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक आठ अङ्कले घट्यो



अ+ अ-

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक आठ दशमलव ३० अङ्कले ओरालो लागेर दुई हजार ६५३ दशमलव ४० अङ्कमा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६५ अङ्कले ओरालो लागेर ४५९ दशमलव ८१ मा कायम भएको छ । कूल ३४५ कम्पनीको ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर रु चार अर्ब ४१ करोड १२ लाख ३४ हजार ५३७ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा कृषि विकास बैंकको एग्रिकल्चर बण्ड, केबिएल डिवेञ्चर, एनआरएन इन्फास्ट्रक्चर, वेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा छ । सानिगाड हाइड्रो, स्नो रिभर लिमिटेड, कालङ्गा हाइड्रो, नेपाल फाइनान्स र खानीखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् ।

अप्पर लोहोरे खोला हाइड्रोपावर, धौलागिरी लघुवित्त, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, सामुदायिक लघुवित्त र यनिभर्सल पावरका लगानीकर्ताले भने गुमाएका छन् ।