३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे मधेसी नेता अनभिज्ञ

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे मधेसी नेता अनभिज्ञ
अ+ अ-

काठमाडौं । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबारे प्रतिनिधि सभाका तेस्रो र चौथौ दलले अनभिज्ञता प्रकट गरेका छन्।

मधेस केन्द्रित दल समाजवादी पार्टी र राजपा नेपाललाई सरकारले सी भ्रमणबारे औपचारिक जानकारी नगराएको नेताहरूले बताएका छन्। सरकारमै रहेको समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव शनिबार दिउँसो सीको स्वागत गर्न विमानस्थल जाने छन् भने रात्रिभोजमा पनि सरिक हुनेछन्।

प्रधानमन्त्री केपी ओलीले बिहीबार पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीसँगको छलफलमा यादव सहभागी थिएनन्। उनी पूर्वपरराष्ट्रमन्त्री समेत हुन्। समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई भने पूर्वप्रधानमन्त्रीको हैसियतमा सहभागी भएका थिए।

राजपाका नेताले चिनियाँ राष्ट्रपतिको भ्रमणबारे पूर्ण अनभिज्ञता जनाए। परराष्ट्र मन्त्रालयले आइतबार प्रधानमन्त्रीपछि कांग्रेस सभापतिसँग सीको भेटघाट मिलाए पनि राजपा र समाजवादी पार्टीका नेतासँग समय मिलाएको छैन। केही साताअघि चिनियाँ विदेशमन्त्री आउँदा पनि नेकपा र कांग्रेस नेतासँग भेटघाट गरेका थिए।

राजपा नेपालका अध्यक्ष मण्डल सदस्य अनिल झाले आफूहरूलाई अहिलेसम्म चिनियाँ राष्ट्रपतिको भ्रमणको कुनै पनि कार्यक्रम र कार्यतालिकाबारे थाहा नभएको बताए। उनका अनुसार, न त सरकारले न त चिनियाँ पक्षले नै यात्राबारे जानकारी गराएको छ। चार वर्षअघि भएको मधेस आन्दोलनमा चिनियाँ पक्षले चासो देखाएका थिए। भारतसहित अन्य पश्चिमा देशले मधेस आन्दोलनबारे मुख खोले पनि चिनियाँ पक्षले भने कुनै टिप्पणी गरेको थिएन।

चीनबारे अध्ययन गरिरहेका अध्येता प्रमोद जयसवालले बेइजिङ मधेसबारे पूरै जानकार रहे पनि सरकारी स्तरमा मात्रै काम गर्ने भएकाले मधेसी पार्टी आझेलमा परेको बताए। उनले भने, ‘चिनियाँ पक्ष जहिले पनि सरकार टू सरकार काम गर्छ, अहिले मधेसी पार्टी बाहिर छन् त्यसैले यो भ्रमणमा मधेसी नेताको मुद्दा सोधखोज नहुन सक्छ।’

जयसवालका अनुसार मधेसी पार्टी वा मधेस नेताको पहुँच बाहिरी देशमा कम मात्र देखिएको छ। ‘भारतसँग मात्र बढी सम्बन्ध देखिनु मधेसी नेताको कमजोरी हो’, उनले भने, ‘उनीहरू काठमाडौंमा रहेको चिनियाँ दूतावाससँग समेत सम्पर्क राख्न चाहँदैनन् भन्ने बेइजिङको बुझाइ छ।’ पहिलो संविधान सभामार्फत राजनीतिक शक्तिको रूपमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले महाधिवेशनमा चिनियाँ डेलिगेसन बोलाएको थियो। अन्नपुर्णबाट ।