६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनो हाइड्रोसँग मेलम्ची ‘हेडवक्र्स’को सम्झौता



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्र्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवक्र्स’ निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिनुभयो ।

निर्माण कम्पनीले १५ महीनामा ‘हेडवक्र्स’को काम सक्ने गरी समय दिइएको उहाँले बताउनुभयो । ‘हेडवक्र्स’ निर्माणको लागत रु एक अर्ब दुई करोड हुनेछ । कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरी काम शुरु गर्ने गरी ठेक्का सम्झौता भएको छ । इटालियन निर्माण कम्पनी सिएमसीले गत वर्ष काम छोडेर हिँडेपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्ने गरी छनोट गरिएको थियो ।

सुरुङको बाँकी कामका लागि भने रु ७५ करोडमा सम्झौता भएको छ । राजधानीमा बहुप्रतिक्षित मेलम्चीको पानी ल्याउने मिति पटकपटक सर्दै आएको छ ।