६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीको स्वागतको तयारीमा कामपा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका लागि विभिन्न स्थानमा सरसफाइ र स्वागतद्वार निर्माणको काम सम्पन्न गरेको छ ।

कामपा उपप्रमुख हरिप्रभा खड्गीले २३ वर्षपछि चीनका राष्ट्राध्यक्षबाट हुन लागेको नेपाल भ्रमणका लागि कामपाले आफूले गर्ने सबै तयारी पूरा गरेको स्पष्ट गर्नुभयो । कामपाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अगाडि र त्रिपुरेश्वरमा स्वागतद्वार निर्माणको काम सकेको छ । विशिष्ट पाहुनको स्वागतका लागि कामपा कर्मचारी स्वागतका लागि आआफ्ना वडा कार्यालयको नजीक रहने जनाइएको छ ।

हरेक दिन रातको समयमा मात्रै सडकको सफाइ गर्दै आएको कामपाले राष्ट्रपति सीको भ्रमणका समयमा सडक सफा राख्नका लागि अपराह्न पनि ब्रुमर प्रयोग गरेको थियो । तीनकुनेमा हरियालीसहित सजावटको काम पनि कामपाले नै गरेको उपप्रमुख खड्गीले जानकारी दिनुभयो ।

बडादशैँका समयमा फोहर व्यवस्थापन गर्न समस्या हुने भए पनि कामपाले पहिलो पटक दशैँका समयमा पनि नियमित रुपमा फोहर नुवाकोटको सिसडोल पुर्याएको छ । भूकम्पपछिको सम्पदाको पुनःनिर्माणमा चीनको उत्तिकै योगदान रहेको छ । रानीपोखरी नजीकको दरबार हाइस्कूल, वसन्तपुरको नौतले दरबार तथा नुवाकोटको साततले दरबार र तलेजु भवानीको मन्दिर चिनियाँ सहयोगमा पुनःनिर्माण भइरहेको उपप्रमुख खड्गीले जानकारी दिनुभयो ।

नेपाल सरकार, नेपाली जनता र सिङ्गो मुलुक चिनियाँ राष्ट्रपतिको भ्रमणकोे भव्य स्वागतको तयारीमा जुटेको बताउँदै खड्गीले उहाँको दुईदिने राजकीय भ्रमण पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी नेपालको दुईदिवसीय राजकीय भ्रमणका लागि केही बेरमा काठमाडौँ आउँदै हुनुहुन्छ ।