६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा एकको मृत्यु



अ+ अ-

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा घाइते भएका थारूको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।

तीव्रगतिमा आएका दुई सवारी घुम्तीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । केरा बोकेर आउँदै गरेको जिप बसको ठक्करबाट पूर्णरूपमा क्षति भएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा छ ।