६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरपोलको ८८ औँ महासभाका लागी प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान



अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गर्नुरेका हुन् ।

महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गरेका छन्ु । १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुखको भेटमा विश्वको अपराध र सुरक्षा निकायले चाल्नुपर्ने कदमसम्बन्धी १९ बुँदामा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानिरीक्षक खनाल चिली प्रस्थान गरेसँगै प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी समाल्नेछन्।