१० श्रावण २०८३, आईतवार
,
Latest
एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई.एम.ई लाइफलाई राष्ट्रिय ब्रोंज अवार्ड



अ+ अ-

काठमाडौं- आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडर्ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एनुअल (बिपिए) रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त गरेको छ ।

कम्पनीका प्रम७३घढसख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वि.सं. २०८३ साल असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठित अर्वाड संयुक्त रूपमा ग्रहण गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनका मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मुल्यांकन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यस अवार्डले आई.एम.ई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत रुपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्दछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खडकाले उक्त सम्मान सम्पुर्ण आईÞ.एम.ई लाइफ परिवारका लागि गर्वको विषय भएको उल्लेख गरे । साथै वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादन थप मजबुत गर्ने जिम्मेवारी प्रदान गरेको बताए ।

उनले यस सफलताका लागि मार्गदर्शन प्रदान गर्नुहुने सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध हुनुहुने बीमित ग्राहकहरू, कम्पनीको सफलताका मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरू, समर्पित कर्मचारीहरू,सम्माननीय शेयरधनीहरू,नियामक निकाय तथा सम्पुर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

त्यसैगरी, कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पुरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ‘ए माइनस (A–)’ क्रेडिट रेटिङ प्राप्त गर्ने जीवन बीमा कम्पनीका रूपमा समेत आफुलाई स्थापित गरेको छ । नेपालका सबैजसो जिल्लामा फैलिएको १६० वटा शाखा तथा उपशाखा, देशभर फैलिएका ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल, सुदृढ संस्थागत सुशासन तथा वित्तीय पारदर्शिताका साथै आईÞ.एम.ई लाइफ ‘भविष्य सुनिश्चित गर्दै’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै निरन्तर अगाडि बढिरहेको छ ।