१५ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी बुधबार म्यान्मार जाने



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी बुधबार म्यान्मारको भ्रमणमा जाने भएकी छिन्। म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी असोज ३० गते (बुधबार) म्यानमार जाने मिति तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दुईदेशीय सम्बन्धबारे समकक्षी ऊसँग वार्ता हुनेछ । सो क्रममा राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर आंग सान सु कीसँग पनि भेटवार्ता हुनेछ।

राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागीलगायतका सरकारी अधिकारीसमेत सहभागी हुनेछन् ।