२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाज ढिलो आएको भन्दै सांसदद्वारा विमानस्थलमा तोडफोड



अ+ अ-

जनकपुरधाम । जहाज ढिला आएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका एक जना सांसदले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका प्रतिनिधि सभा सांसद प्रमोदकुमार साहले सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेका हुन् ।

उपचारका लागि जहाजमार्फत बिहान ११ः४० बजे काठमाडौं लैजानुपर्ने बिरामीलाई दिउँसो १ः३० बजेसम्म पनि जहाज नआएको भन्दै साहले बुद्ध एयरको काउन्ट तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आफू आक्रोशमा आएर बुद्ध एअरको काउण्टरमा सामान्य तोडफोड गरेको सांसद साहले स्वीकार्दै यस्ता घटनाहरुमा विमानस्थल प्रशासनले कुनै ध्यान नदिएको उनको गुनासो छ । सांसद साहले तोडफोड गरेपछि केहीबेर विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो ।