१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु)



अ+ अ-

काठमाडौं: नवलपरासी (पश्चिम) को सुस्ताका सयौँ उत्पीडित बासिन्दाहरू आफ्नो मातृभूमि जोगाउन र आफ्ना आधारभूत मानव अधिकारको रक्षा गर्न काठमाडौं आइपुगेका छन् ।

सुस्ता बचाउ अभियानको आयोजनामा माईतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा उनीहरूले राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा भोग्नुपरेको उत्पीडनका विरुद्ध एकतावद्ध स्वर उरालेका छन् ।

काठमाडौंको तातो कालोपत्रे सडकमा निधारमा रातो टीका र हातमा नेपाली राष्ट्रिय झण्डा बोकेर बसेका वृद्ध, महिला र आमाहरूको दृढ अनुहारले सिंहदरबार र संसद भवनलाई सिधै झकझक्याइरहेको छ । लामो समयदेखि नदी बहाव परिवर्तनका कारण आफ्नो उर्वर खेतीयोग्य जमिन भारतीय सीमा सुरक्षा बलको अतिक्रमणमा परेको तर आफ्नै देशको सरकारले लालपुर्जा नदिँदा उनीहरू सुरक्षाविहीन बनेका छन् ।

धर्ना कार्यक्रमका सहभागीहरूलेसरकारसँग मुख्य तीन बुँदे माग राखेका छन् । नेपालको सार्वभौम भूमि सुस्तामाथिको अतिक्रमण तत्काल रोक्न र सुगौली सन्धिको भावनाअनुरूप सीमांकन गर्न प्रभावकारी कुटनीतिक पहल गर्न, सुस्ताबासीहरूलाई तत्काल बिना कुनै शर्त नेपाली वंशजको नागरिकता उपलब्ध गराउन र तेस्रो, पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको जमिनको नापजाँच गरी तुरुन्त लालपुर्जा वितरण गर्न माग गरेका छन् ।

काठमाडौंको सडकमा आँसु र आक्रोश बोकेर सुस्ताबासी उत्रिँदा धेरै काठमाडौंवासीहरूले ऐक्यवद्धता समेत जनाएका छन् । ‘दया होइन, न्याय दे’ लेखेको प्लेकार्ड बोकेकी आमाको रुवाइ र ‘हामी खेती गर्छौं, यसको स्वामित्व हाम्रो हो’ लेखेको बोर्ड समातेका सुस्ताका युवाहरूको आत्मसम्मानले सिंगो नेपाललाई सीमा र नागरिकको सुरक्षाबारे सोच्न बाध्य तुल्याएको छ ।–न्युज एजेन्सी नेपाल

अनुप प्रधान/ न्युज एजेन्सी नेपाल