३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

भूकम्पले लडाएका घर सरकारी अनुदानमा ठडिए

भूकम्पले लडाएका घर सरकारी अनुदानमा ठडिए
अ+ अ-

बेत्रावती । नुवाकोटमा भूकम्पले लडाएका ५६ हजारभन्दा बढी घर पुनःनिर्माण गरिएकोे छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घर पुनःनिर्माण गरेका हुन् । पीडितलाई घर पुनःनिर्माणका लागि नेपाल सरकार र सरकारबाट अनुमति पाएका सामाजिक संस्थाले तीन किस्तामा रु तीन लाख अनुदान उपलब्ध गराएको तथ्याङ्कको आधारमा जिल्लाको कूल लाभग्राहीमध्ये ७३ प्रतिशतले घर निर्माण गरेर नयाँ घरमा बसोबास गर्न थालेका छन् ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ७६ हजार ८०९ घरमा पूर्ण क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख शम्भुकुमार शाहले जानकारी दिए । उनका अनुसार तोकिएको मापदण्ड पूरा गरेर घर निर्माण गरेका धनीलाई स्थानीयस्तरमा खटिएका प्राविधिकको सिफारिशमा सरकारी अनुदानस्वरुप रु तीन लाख उपलब्ध गराइएको थियो ।

भूकम्पपीडितमध्ये ६७ हजार ९५५ लाभग्राही (८८.४७ प्रतिशत) ले आवास निर्माणका लागि घरको जग बसालेर अनुदानको दोस्रो किस्तावापत रु एक लाख ५० हजार लिएर घर निर्माण अन्तिम चरणमा पुर्याएका छन् । कूल लाभग्राहीमध्ये ७३ हजार ५१ (९५.११ प्रतिशत) ले भूकम्पप्रतिरोधी आवास बनाउनका लागि सम्बन्धित वडा कार्यालयमा सम्झौता गरेका थिए । तोकिएको मापदण्डअनुसार नयाँ घर निर्माण गर्न प्रतिबद्धता जनाएका लाभग्राहीलाई सम्झौतापश्चात रु ५० हजार अनुदान उपलब्ध गराइसकिएको कार्यालयका सूचना अधिकारी विशाल सापकोटाले जानकारी दिए ।

उनका अनुसार घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता लिएका अधिकांश लाभग्राहीले घर पुनःनिर्माण अघि बढाएका छन् । “अनुदान रकम लिएकामध्ये थोरैले मात्र घर बनाउन बाँकी छ, तिनीहरुका लागि कार्यालयले ताकेता गरिरहेको छ”, सापकोटाले भने, “अहिलेको प्रगतिको आधारमा पुनःनिर्माण जारी रहेमा तोकिएको अवधिमा भूकम्पले लडाएका सबै घर पुनःनिर्माण गराउन सकिने आशा जगाएको छ ।”

सरकारले भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणका लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा सम्झौता गर्नेबित्तिकै पहिलो किस्तावापत रु ५० हजार, घरको जग तहसम्म निर्माण गरेपश्चात दोस्रो किस्तावापत रु एक लाख ५० हजार र घर निर्माण सम्पन्न गरेपछि अन्तिम तथा तेस्रो किस्तावापत रु एक लाख गरेर तीन चरणमा रु तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ । विनाशकारी भूकम्पले लडाएको निजी आवासको पुनःनिर्माण यो वर्षभित्रै पूरा गर्ने सरकारी लक्ष्य छ ।