२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु



अ+ अ-

जर्मनी। जर्मनीको उत्तरी सहर स्टेडस्थित एक युवा कल्याण केन्द्रमा सोमबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । घटनामा सङ्गलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोलीकाण्डमा पाँच जना घाइते भएका छन् भने केही अन्य व्यक्तिले पनि सामान्य चोटपटक भोगेका छन् । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र हाल सर्वसाधारणका लागि कुनै सुरक्षा जोखिम नरहेको जनाइएको छ ।

घटनापछि ह्याम्बर्गबाट करिब ५० किलोमिटर पश्चिममा रहेको स्टेड सहरमा ठूलो सङ्ख्यामा प्रहरी, एम्बुलेन्स र उद्धार टोली परिचालन गरिएको थियो । स्थानीय सञ्चारमाध्यमले घटनास्थल वरपर हेलिकप्टरसमेत परिचालन गरिएको जनाएका छन् ।

प्रहरीले सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन र सुरक्षाका लागि सम्बन्धित क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।

जर्मनीमा युरोपकै कडा बन्दुक नियन्त्रण कानुन लागू छ । २५ वर्षभन्दा कम उमेरका व्यक्तिले बन्दुकको अनुमतिपत्र लिनुअघि अनिवार्य रूपमा मनोवैज्ञानिक परीक्षण उत्तीर्ण गर्नुपर्छ । त्यसका बाबजुद समय–समयमा यस्ता सामूहिक गोलीकाण्डका घटना हुने गरेका छन् ।

फेब्रुअरी २०२० मा मध्यजर्मनीको हानाउ सहरमा एक अतिदक्षिणपन्थी आक्रमणकारीले नौ जनाको गोली हानी हत्या गरेको थियो । त्यसैगरी मार्च २०२३ मा ह्याम्बर्गमा यहोवाका साक्षीको प्रार्थना सभामा भएको गोलीकाण्डमा छ जनाको मृत्यु भएको थियो ।  (रासस/एएफपी)