९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल



अ+ अ-

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहालले मुलुकका वामपन्थी र देशभक्त शक्तिहरूबीचको सहकार्य र एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आईतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । दाहालले कतिपयले पार्टी एकताको विषयलाई लिएर अन्योल व्यक्त गरेको भन्दै तत्कालका लागि मुद्दाका आधारमा सहकार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संसद, सडक र चुनावी मोर्चामा मात्र नभई ट्रेड युनियन, विद्यार्थी संगठन र सीमाना रक्षाका विषयमा पनि साझा अवधारणाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो । गरिब, मजदुर र किसानका विरुद्ध भइरहेका षडयन्त्रहरूलाई चिर्न बामपन्थी शक्तिहरू मिल्नुको विकल्प नभएको उहाँको तर्क थियो ।

सहकार्यमा हुने ढिलाइले मुलुकमा गम्भीर संकट निम्त्याउन सक्ने संकेत गर्नुभयो । वामपन्थी शक्तिहरू एकजुट भएर अघि बढ्नु नै वर्तमान समयको मुख्य आवश्यकता रहेको उहाँको निष्कर्ष थियो ।