९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको टिप्पणी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सहसंयोजक नेपालले विदेशी शक्तिहरुले चलखेल गर्न खोजिरहेको उल्लेख गर्दै त्यसप्रति शतर्क भएर अघि बढ्ने काम पनि नेपालका कम्युनिष्ट पार्टीहरुले नै गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

विदेशीहरुले देशमा हालीमुहाली नचलाउन, राष्ट्रिय हितमा कुठाराघात नगरुन र हाम्रो छिमेकीहरुका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन भन्ने कुरामा नेपालमा कम्युनिष्ट पार्टीहरुले शतर्कता अपनाएर अघि बढनुपर्ने उहाँको भनाई थियो । सहसंयोजक नेपालले जनताको अधिकार कुठाराघात गर्ने कोशिसहरु भइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विदेशीहरुले देशमा हामीमुहाली नचलाउन् । हाम्रो राष्ट्रिय हितमा कुठाराघात नगरुन् । र हाम्रो छिमेकीहरुका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन् । यसमा हामीले बहुमत शतर्क हुनुपर्दछ । वर्तमान सरकारको यस सन्दर्भमा रवैया शंकास्पद छ । जसरी विदेशी शक्तिहरु चलखेल गर्न खोजिरहेका छन् । त्यसप्रति हामी सबभन्दा पहिला शतर्क हुनुपर्दछ । सँगसँगै जनताका अधिकारहरुमाथि कुठाराघात गर्ने अनेकखालका कोशिसहरु भईरहेका छन । त्यसो हुनाले लोकतन्त्र जोगाउन, गणतन्त्रको रक्षा गर्न पनि कम्युनिष्टहरुले नै अग्रसरता लिनुपर्दछ ।’

सहसंयोजक नेपालले लोकतन्त्रको रक्षा र गर्न गणतन्त्र जोगाउन पनि नेपालमा कम्युनिष्ट पार्टीहरुले अग्रसरता दिनुपर्ने अवस्था आएको बताउनु भयो ।




भर्खरै