९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल



अ+ अ-

काठमाडौँ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू लामो समयपछि एउटै मञ्चमा देखिएका छन्।

मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल एकै मञ्चमा उपस्थित भएका हुन्।

कार्यक्रममा नेकपा नेता झलनाथ खनालको पनि सहभागिता रहेको थियो। पछिल्लो समय फरक–फरक राजनीतिक धारमा सक्रिय रहेका यी नेताहरू मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा एउटै मञ्चमा देखिनु राजनीतिक वृत्तमा चासोका रूपमा हेरिएको छ।

गोष्ठीको प्रमुख आतिथ्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। कार्यक्रममा मदन भण्डारीको राजनीतिक योगदान, नेपाली कम्युनिस्ट आन्दोलनमा उनले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) र त्यसको समकालीन सान्दर्भिकतामाथि छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।