१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
अ अ+ अ-

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य सर्त भएको बताउनुभएको छ । प्रदेश युवा परिषद्ले आज यहाँ धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम’मा उहाँले विकासका लागि प्रविधिको प्रयोगलाई सँगसँगै उपयोग गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रविधि अनिवार्य सर्त भए पनि सही प्रयोगबारे सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ । “सूचना प्रविधिको वर्तमान युगमा यसको प्रयोगले दैनिकी धेरै सहज हुँदै गएको छ । त्यसैले प्रविधिका नकारात्मक पक्षलाई नियन्त्रण र सकारात्मक पक्षलाई बढावा दिँदै अगाडि बढ्नुपर्छ । विशेष गरी युवालाई यसका नकारात्मक पक्षका बारेमा सचेत गराउँदै सम्भावना पहिल्याउन सहजीकरण गर्नु जरुरी छ”, मुख्यमन्त्री शाहले भन्नुभयो ।

उहाँले सूचना प्रविधिको विकास, बदलिँदो समयको माग तथा आवश्यकता अनुसार युवाशक्तिलाई प्राविधिक रूपमा दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । “प्रदेश सरकारले समयको मागअनुसार युवा वैज्ञानिकको क्षमता विकासका लागि प्रोत्साहनका विभिन्न कार्यक्रम गरिरहेको छ । यसलाई अझ प्रभावकारी बनाउन सरकार, युवा परिषद् र सरोकारवाला विकास साझेदारबीच सहकार्य आवश्यक छ”, मुख्यमन्त्री शाहले भन्नुभयो । प्रदेशका सामाजिक विकास राज्यमन्त्री मधु भारतीले पछिल्लो समय विभिन्न कारणले युवा कुलतमा फसिरहेका भन्दै उनीहरूलाई रचनात्मक काममा लाग्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

उहाँले सूचना प्रविधिको सही प्रयोग गर्न सचेतना बढाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता सिर्जनशील गतिविधिमा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो । युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउद, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)का डा राजकुमार ढुङ्गानालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विज्ञान, नवप्रवर्तनका क्षेत्रमा योगदान पु¥याएका युवा अरुण लुहार(टीकापुर), ईन्द्रबहादुर ओझा (धनगढी), प्रकाशबहादुर साउद (बाजुरा) र विन्दु पन्त (गोदावरी)लाई सम्मान गरिएको थियो ।