१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग

२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग
अ अ+ अ-

काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएर रहेका हजारौँ मुद्दा तथा अनुसन्धान फायल खोजी, व्यवस्थापन तथा डिजिटलाइज गर्ने कामलाई वैदेशिक रोजगार विभागले तीव्रता दिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको विशेष चासो र विभागका महानिर्देशक मिरा आचार्यको नेतृत्वमा लामो समयदेखि अलपत्र रहेका मुद्दा तथा अनुसन्धानसम्बन्धी फायलहरू व्यवस्थित गर्ने अभियान अघि बढाइएको विभागले जनाएको छ। मन्त्री यादवले मुद्दा तथा अनुसन्धानलाई पहिलो प्राथमिकतामा राख्दै यसलाई प्रभावकारी बनाउन विभागलाई निरन्तर सक्रिय रहन निर्देशन दिँदै आएका छन्।

वि.सं. २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भएपछि श्रम विभागको कार्यक्षेत्र विस्तार गरिएको थियो। त्यसपछि वि.सं. २०५६ सालमा श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना भएसँगै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका गुनासा दर्ता हुने व्यवस्था सुरु भएको थियो। वि.सं. २०६४ सालमा वैदेशिक रोजगार विभाग गठन भएपछि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण कार्य विभागमार्फत सञ्चालन हुँदै आएको छ।

विभागका अनुसार अभिलेख व्यवस्थापनका क्रममा वि.सं. २०५७ सालदेखिका मुद्दा तथा अनुसन्धानसम्बन्धी महत्वपूर्ण फायलहरू समेत फेला परेका छन्। करिब २५ वर्षदेखि डम्प अवस्थामा रहेका हजारौँ फायल खोजी गरी सालवसाली रूपमा भौतिक अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ।

हाल ती फायलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य पनि तीव्र गतिमा भइरहेको विभागले जनाएको छ। आगामी दिनमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र सहज बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गर्ने तयारी समेत गरिएको छ।

विभागले वि.सं. २०५७ सालदेखि उपलब्ध सबै मुद्दा तथा अनुसन्धानसम्बन्धी फायलहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरी न्याय सम्पादन प्रक्रियासँग आबद्ध गर्ने योजना बनाएको छ। यसबाट लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका वैदेशिक रोजगार ठगीका पीडितले छिटो, पारदर्शी र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको विभागको भनाइ छ।