११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै



अ+ अ-

काठमाण्डौ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ आयोजना हुदैछ ।

मदन भण्डारी फाउण्डेशनको आयोजनामा हुने उक्त कार्यक्रम आज दिउँसो १:३० बजे काठमाण्डौको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा आयोजना हुने लागेको छ ।

कार्यक्रममा भण्डारीको राजनीतिक योगदान, विचार तथा नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँको भूमिकाबारे विचार–विमर्श गरिने आयोजकले जनाएको छ। साथै सोही अवसरमा मदन भण्डारी राष्ट्रिय पुरस्कार समेत हस्तान्तरण गरिनेछ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रमममा अतिथि वक्ताका रूपमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

मदन भण्डारी फाउण्डेशनका कार्यवाहक सचिव डा.भेषराज अधिकारीका अनुसार जननेता मदन भण्डारीका विचार, योगदान र राजनीतिक दर्शनको अध्ययन तथा बहसलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

 




भर्खरै