पर्सा। आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
‘श्री गहवामाई तीर्थ क्षेत्र विकास समिति’ ले माईस्थान मन्दिर परिसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३५५ जना सर्वसाधारण लाभान्वित भएको समितिका अध्यक्ष श्याम पोखरेलले जानकारी दिनुभयो ।
शिविरमा आँखा, दाँत, हाडजोर्नी तथा कान रोगसम्बन्धी परीक्षण एवं परामर्शका साथै मधुमेह र थाइराइडसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो अध्यक्ष पोखरेलले बताउनुभयो ।
उहाँले प्रत्येक वर्ष सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य शिविर यस वर्ष पनि असार ३२ गते आयोजना हुने ‘गहवामाई रथयात्रा’ को अवसर पारेर सञ्चालन गरिएको पनि जानकारी दिनुभयो । रासस











