१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट



अ+ अ-

काठमाडौँ। ३९ औं अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा म्यानमार सरकारले देशभरबाट जफत गरिएका ठूलो परिमाणको लागुऔषध र प्रतिवन्धित रसायनहरू नष्ट गरेको छ ।

शुक्रवार देशका प्रमुख शहरहरू याङ्गुन, मण्डले र ताउङ्गीमा आयोजित विशेष समारोहका बीच ती सामग्रीहरू नष्ट गरिएको हो ।

आधिकारिक तथ्याङ्कअनुसार देशभरबाट बरामद गरिएको कूल ६० करोड ३७ लाख ७० हजार अमेरिकी डलर बराबरको लागुऔषध र हानिकारक रसायनहरू जलाइएको छ ।

यस अन्तर्गत याङ्गुनमा ३२ करोड १३ लाख डलर बराबरका ३१ प्रकारका लागुऔषध, मण्डलेमा ११ करोड ३६ लाख डलर बराबरका २७ प्रकारका लागूऔषध र ताउङ्गीमा १६ करोड ८७ लाख डलर बराबरका ९३ प्रकारका लागूऔषध नष्ट गरिएको छ ।

नष्ट गरिएका सामग्रीहरूमा हेरोइन, अफिम, स्टिमुलान्ट ट्याब्लेट (उत्तेजक चक्की), मेथामफेटामाइन, गाँजा, केटामाइन र एक्स्टेसी लगायतका विभिन्न नशालु पदार्थहरू रहेका छन् ।

याङ्गुनमा आयोजित समारोहलाई सम्बोधन गर्दै याङ्गुन क्षेत्रका सुरक्षा तथा सीमा मामिला मन्त्री कर्नल विन टिनले लागूऔषध उन्मूलनका लागि सरकारले आफ्नो प्रयासलाई तिब्र पारेको जानकारी दिनुभयो । उहाँकाअनुसार यस वर्षको जनवरी १ देखि मे ३१ सम्मको अवधिमा मात्रै लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ३ हजार २०५ जना संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।

म्यानमारले गत वर्ष पनि सोही दिवसका अवसरमा यिनै तीन शहरहरूमा २९ करोड ७० लाख अमेरिकी डलर बराबरको लागुऔषध नष्ट गरेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष नष्ट गरिएको लागुऔषधको परिमाण र मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल