९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना

सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना
फाइल फोटो
अ अ+ अ-

कास्की। गण्डकी प्रदेशमा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति कम गर्नका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले प्रदेशका ११ वटै जिल्लामा दुर्घटना न्यूनीकरण र मानवीय क्षति कम गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हो ।

विद्यार्थी स्वयंसेवक कार्यक्रम, चालक अनुशिक्षण, सार्वजनिक सवारीसाधनको यान्त्रिक परीक्षण तथा सडक प्रयोगकर्तामाझ ‘स्टप, लुक एन्ड क्रस’ अभियान तथा एक विद्यालय एक ट्राफिक शिक्षक कार्यक्रम सञ्चालन गरिएको ट्राफिक व्यवस्थापन कार्यालय पोखराका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालू आवको जेठसम्म ट्राफिक सचेतना कक्षा, समुदाय साझेदारी कार्यक्रम तथा ट्रायल सेन्टरमै नयाँ चालकलाई दिइने सचेतनामूलक प्रशिक्षणमार्फत १६ लाख ४६ हजार ५४० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

“दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीको विकासका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ । यसबाट मात्र बढ्दो सवारी दुर्घटनाका कारण हुने मानवीय तथा भौतिक क्षति कम गर्न सहयोग पुग्छ”, प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयो ।

कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म प्रदेशभर भएका ४१६ सवारी दुर्घटनामा २३० जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षहरूमा दुर्घटनाको सङ्ख्या र त्यसबाट हुने क्षति उच्च रहँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ३९५ दुर्घटनामा १७७ जनाको मृत्यु भएको थियो भने २०८१/८२ मा ३८२ दुर्घटनामा २३७ जनाले ज्यान गुमाएको बताइन्छ ।

प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी दुर्घटना नवलपरासीमा भएका छन् । पूर्वपश्चिम राजमार्ग पर्ने उक्त जिल्लामा ११४ दुर्घटना भएका छन् । कास्कीमा १०९, तनहुँमा ७३, गोरखामा २५, पर्वतमा २०, बाग्लुङमा १९, स्याङ्जामा १६, म्याग्दीमा १४, मुस्ताङमा छ र मनाङमा दुई दुर्घटना भएका छन् ।

दुर्घटनाका प्रमुख कारणमध्ये चालकको लापरवाही अग्रस्थानमा रहेको कार्यालयले जनाएको छ । कुल दुर्घटनामध्ये ३४९ वटा चालकसम्बन्धी कारणले भएका छन् । सडकको अवस्थाका कारण २५, सवारीसाधनको प्राविधिक समस्याले २०, सडक प्रयोगकर्ताका कारण १६, यात्रुका कारण चार र मौसमका कारण दुई दुर्घटना भएका छन् ।

चालकको तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति, चालकको असक्षमता, जथाभावी ओभरटेक तथा लेन अनुशासनको पालना नगर्नु दुर्घटनाका मुख्य कारणका रूपमा पहिचान गरिएको छ । रासस