९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण

ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
अ अ+ अ-

तनहुँ। जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तनहुँको देवघाट गाउँपालिका–५ स्थित ४७.७ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलको स्थलगत निरीक्षण गर्नुभएको छ ।

मौला कालिका हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना देवघाट साँढेबगर क्षेत्रमा निर्माणाधीन रहेको छ ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको निर्माण प्रगति, व्यवस्थापन, कार्यान्वयनको अवस्था तथा आगामी कार्ययोजनाबारे आयोजना पक्षबाट जानकारी लिनुभयो ।

उहाँले आयोजना निर्धारित समयमै सम्पन्न गर्न आवश्यक समन्वय, प्रभावकारी व्यवस्थापन र गुणस्तरीय निर्माणमा जोड दिनुभयो ।

यसै क्रममा मन्त्री श्रेष्ठले गलेश्वर पहिरो क्षेत्रको पनि स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा पहिरोको वर्तमान अवस्था, सम्भावित जोखिम, भइरहेको नियन्त्रण तथा न्यूनीकरणका कामको प्रगति र थप आवश्यक उपायबारे सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।

मन्त्री श्रेष्ठले प्राकृतिक विपद्का जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन गर्दै जनधनको सुरक्षा सुनिश्चित गर्न आवश्यक पूर्वतयारी, समन्वय र दीर्घकालीन समाधानका उपाय प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । रासस