९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग

मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
अ अ+ अ-

तनहुँ। तनहुँ समाज हङकङले मिर्गौला तथा क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ ।

हङकङमा बसोबास गर्ने तनहुँवासीको संस्था तनहुँ समाज हङकङले जिल्लाका मिर्गौला तथा क्यान्सरबाट पीडित बिरामीलाई रु पाँच लाख ७६ हजार आर्थिक सहयोग गरेको हो ।

समाजले बन्दीपुर गाउँपालिका–४ का दुवै मिर्गौलासम्बन्धी समस्या खेपिरहनुभएका सुकबहादुर गुरुङ, ऋषिङ गाउँपालिका–८ का सोमबहादुर नेपाली र क्यान्सरपीडित सोही वडाका दुर्गबहादुर थापालाई जनही रु एक लाख ९२ हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

समाजका अध्यक्ष कर्णबहादुर नेपाली, पूर्वअध्यक्ष भीमराज गुरुङ, जङ्गबहादुर थापाले आज यहाँ आयोजित कार्यक्रम पीडितका आफन्तलाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ । समाजले २०५६ सालदेखि जिल्लामा रु एक करोडभन्दा बढी सहयोग गरिसकेको समाजका पूर्वअध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समाज गठन भएदेखि नै कसैलाई दुःख परेको थाहा पाउनेबित्तिकै रकम सङ्कलन गरी हस्तान्तरण गर्दै आएका छौँ ।”

समाजले जिल्लामा भूकम्पपछिको पुनःनिर्माण, बाढीपहिरोजस्ता दैवी प्रकोपबाट पीडितलाई समेत सहयोग गर्दै आएको छ । तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चारसम्बन्धी पूर्वाधार विकास तथा पत्रकारिता प्रवद्र्धनमा समाजले सहयोग गर्दै आएको छ । रासस