३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

अथाहा सवारी साधन, जनतालाई नै सडकमा सास्ती

अथाहा सवारी साधन, जनतालाई नै सडकमा सास्ती
अ+ अ-

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ मा ‘जाम कहिले खुल्छ’ भन्दै दैनिक सयभन्दा बढी सडक प्रयोगकर्ताले सूचना माग्छन्। जवाफ एउटै हुने गर्छ– ‘सवारी साधनको चाप छ, हामी खुलाउँदै छौं।’ भक्तपुरबाट कोटेश्वर छिचोल्न कम्तीमा एक घण्टा लाग्छ। थापाथली हुँदै त्रिपुरेश्वरबाट कलंकी छिचोल्न ४५ मिनेट। महाराजगन्ज, चावहिल र गौशालाको अवस्था पनि उस्तै छ। सडक प्रयोगकर्ताले सडकमा सास्ती नखेपेको कुनै दिन छैन।

महाशाखाका अनुसार देशभर कुल सवारी दर्ता संख्या ३५ लाख २९ हजार ५ सय ११ छ। यसमध्ये साबिक बागमती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४ सय १३ सवारी दर्ता छन्। तीमध्ये ६ प्रतिशत सार्वजनिक र निजी ११ लाख २ हजार छन्। बागमतीमा दर्ता भएका मात्रै होइन, प्रायः सबै प्रदेशका सवारी उपत्यका भित्रिन्छन्। चाडपर्वबाहेक अन्य समयमा राजधानीका चार नाका नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङबाट गरी दैनिक लामा रुटका ३७ हजार ६ सय ८८ सवारी साधन भित्र–बाहिर गर्छन्।

उपत्यकामा सडक एक लेन ६ सय ६० किमि, तीन लेन २ सय ३९ र चार लेन १ सय ९३ किमि छन्। औसतमा प्रतिट्राफिक ९ सय सवारी व्यवस्थापन गर्नुपर्छ। प्रहरीले यति धेरै सवारीलाई भौतिक पूर्वाधार ९बत्ती आदि० अभावमा सिठी फुकेर र हात हल्लाएरै व्यवस्थापन गर्दै आएको छ। एकातिर सवारी साधनको अवस्था भयावह छ, अर्कातिर सडकको भौतिक पूर्वाधारको अवस्था दयनीय छ। राजधानीका व्यस्त चोक कालिमाटी, थापाथली, त्रिपुरेश्वर, माइतीघर, सिंहदरबार, कोटेश्वर, गौशाला, चावहिल, केशरमहल, महाराजगन्ज (चक्रपथ) र पुतलीसडकमा राखिएका ट्राफिक लाइटले काम गर्दैनन्।

महानगरले व्यवस्थापन गर्न नसक्दा व्यस्त चोकका फुटपाथमा पसल असरल्ल राखिन्छन्। असहज फुटपाथका कारण पैदलयात्री सडकबाटै हिँड्छन्। यति त भयो। यसमाथि पनि अर्को टड्कारो समस्या छ— पार्किङ। जथाभावी पार्किङ गर्ने प्रवृत्तिले सडक झन् अव्यवस्थित छ। राजधानीका मुख्य सडक त्रिपुरेश्वर, कोटेश्वर र थापाथलीमा सडक प्रयोगकर्ता धेरै जाममा पर्न बाध्य छन्। सडकमा सकस यतिले मात्र गरेको छैन। सालिकका कारण पनि जाम हुने गर्छ। त्रिपुरेश्वरमा पूर्वराजा त्रिभुवनको सालिक छ।

कलंकी, थापाथली र रत्नपार्कबाट आएका सवारी चालकले सालिकको अर्धपरिक्रमा गर्नुपर्ने बाध्यता छ। चारैतिर ट्राफिक बसे पनि साँघुरो बाटो र अत्यधिक सवारी चापले ट्राफिकलाई सम्हाल्न हम्मेहम्मे पर्छ। थापाथलीमा ट्राफिकले चार दिशाबाट आएका सवारी व्यवस्थापन गर्दै आएका छन्। ललितपुरवासी काठमाडौं भित्रिने र बाहिरिने मुख्य मार्ग पनि यही हो। यही रुट भएर साझा बस चल्दै आएको छ। दुई लेनको सवारीमा साझाले ओगट्ने बाटो र त्योसँगै निजी अनि सार्वजनिक साना सवारीले व्यवस्थापनलाई झन्झटिलो बनाएको त्यहाँ खटिएका ट्राफिकको गुनासो छ। यो चोकमा एम्बुलेससमेत जाम फस्छन्।

सडक र सवारी व्यवस्थापन गर्न प्रहरीको बजेटले भ्याउँदैन। अन्तरमन्त्रालय समन्वय गर्दा सडक विभाग र महानगरपालिकालाई महाशाखाले ट्राफिक लाइट, जेब्राक्रस र आकाशे पुलका लागि पटक–पटक पत्राचार गरे पनि कार्यान्वयन हुँदैन। महाशाखाका अनुसार विभिन्न मितिमा पहिलो र दोस्रो चरण गरी सिंहदरबार, थापाथली, जावलाखेल, कमलपोखरी, दरबारमार्ग, न्युरोड, कालिमाटी, कोटेश्वर, सोह्रखुट्टेलगायत २७ स्थानमा तीन सयवटा जेब्राक्रस राख्न विभागलाई पत्राचार भएको छ। सुनुवाइ भने हुँदैन।

त्यस्तै, बाटो काट्न पैदलयात्रीलाई सजिलो होस् भनेर ‘पेडेस्ट्रेन कन्ट्रोल लाइट’सहितको ट्राफिक लाइटका लागि पनि महाशाखाले विभागलाई ताकेता गर्दै आएको छ। यसका लागि महाशाखाले कोटेश्वर, ग्वार्को, सातदोबाटो, चापागाउँ, महालक्ष्मीस्थान, एकान्तकुना, बल्खु र कलंकीलाई चयन गरेको थियो। जेब्राक्रससहितको पेडेस्ट्रेन कन्ट्रोल लाइट राख्न प्रहरीले बालकुमारी, ग्वार्को, एकान्तकुना, नख्खु दोबाटो, धोबीघाटलगायत १२ स्थान तोकेको थियो।

आकाशे पुल नभएपछि पैदलयात्री सडकबाटै बाटो काट्न बाध्य देखिन्छन्। यही बाध्यता रोक्न महाशाखाले विभागलाई पत्राचार गरी कलंकी, बल्खु, सानेपा, एकान्तकुना, महालक्ष्मीस्थान, सातदोबाटो, ग्वार्को हल अगाडि र बालकुमारीमा आकाशे पुल आवश्यक रहेको औंल्याएको थियो।महाशाखाले महानगरपालिकालाई पत्राचार गरी कोटेश्वर, गठ्ठाघर, स्वयम्भू, सानेपा, सिंहदरबार, थापाथली, कमलपोखरी, सोह्रखुट्टेसहित २५ स्थानमा १ सय ३३ वटा जेब्राक्रस र ३१ स्थानमा सडक लेन राख्न अनुरोध गर्दै आएको छ।

‘हाम्रो बजेटले भ्याउँदैन। ट्राफिकका जिम्मेवारी धेरै छन् र अधिकार न्यून छ’, महाशाखाका एक अधिकृत भन्छन्, ‘सरोकारवाला निकायमा आवश्यक सहयोगका लागि पत्राचार गरिन्छ तर कार्यान्वयन फितलो छ। जाम भएपछि सडक प्रयोगकर्ताले सबै दोष हामी (ट्राफिक)लाई थोपर्छन्। जाम भयो, ढल थुनियो, बिजुलीका पोल ढल्यो, बाटोमा खाल्टाखुल्टी भयो भने सबैको गुनासो ट्राफिकतिरै हुन्छ। महानगरपालिका, सडक विभाग, यातायात विभाग र विद्युत् प्राधिकरण पनि यी समस्यमा जोडिन्छन् भन्ने कसले बोल्ने ? ’

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सडकको लेन मार्किङ र जेब्राक्रसिङ बनाउने काम सडक विभागको भएको बताए। ‘लेन र जेब्राक्रस बनाउने काम सडक विभागको हो। महानगरले कहिलेकाहीं ट्राफिकलाई सहयोग गर्दै आएको पनि हो’, उनले भने, ‘सडक विभागले सक्दैन् भने महानगरले बनाउँछ।’ महानगरपालिकाले सीसीटीभीका लागि भने प्रहरीलाई ६ करोड रुपैयाँ सहयोग गरेको छ।

विभागका महानिर्देशक केशवकुमार शर्माले पनि सवारीको अत्यधिक चापका कारण जाम भएको बताए। ‘हामीले थापाथली, केशरमहलसहित आठ स्थानका लाइट मर्मत गरिसक्यौं’, उनले भने, ‘उहाँहरू (ट्राफिक) किन बोल्नुहुन्न थाहा भएन।’ जेब्राक्रस र सडक लेन धेरै स्थानमा राखिसकेको दाबी उनले गरे। ‘हाम्रोमा ५०–५० मिटरमा जेब्राक्रस राख्नुपर्छ भनिन्छ तर विदेशमा त्यो हुँदैन’, उनले भने, ‘कम्तीमा दुई–तीन सय मिटर फरकमा हुनुपर्छ। अझै सडक लेन र जेब्राक्रस राखिरहेकै छौं। थप गर्दै जान्छौं।’

महाशाखा प्रमुख एसएसपी भीम ढकालले सवारी चापै जामको मुख्य कारक भएको बताए। ‘हामीसँग प्रविधि, पूर्वाधार छैन’, एसएसपी ढकालले भने, ‘सिठी फुकेका भरमा व्यवस्थापन गर्नुपरेको छ।’ अन्नपुर्णपोष्ट दैनिकबाट