८ भाद्र २०८३, सोमबार
,
Latest
पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता ‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भएको आरोप लगाउँदै त्यसमा संलग्नहरूलाई कारबाही गर्न सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्।

शुक्रबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले पार्टीले सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको समूहगत अभ्यास महाधिवेशनकै क्रममा देखिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले लोकतान्त्रिक प्रक्रियामा उम्मेदवारबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि संस्थापन पक्षबाट समूह बनाएर गरिएको अभ्यास पार्टी नेतृत्वकै भनाइविपरीत रहेको बताए।

झाले भने, “जे गर्नु हुँदैन भनेर भनिएको थियो, त्यही भइरहेको देखियो। डेमोक्रेटिक प्रोसेसमा समूहगत अभ्यास हुनु हाम्रो नेताकै अभिव्यक्तिविपरीत हो।”

उनले सभापति  लामिछानेलाई लक्षित गर्दै, “यदि संस्थापन पक्ष एकजुट भएर गुटबन्दी गरिएको हो भने, यस्तो प्रयास गर्नेहरूलाई कारबाही गर्नुस्,” भन्ने आग्रह समेत गरे।