१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
अ अ+ अ-

काठमाडौं । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए ।

आजभोली ति दिन विस्तारै सम्झनामा सीमित हुँदै गएको छ । गाउँका युवा रोजगारीका लागि सहर र विदेशतिर पसेका छन् । गाउँमा काम गर्ने मानिस अभाव छ । जसका कारण किसानले गोरु पाल्न विस्तारै छोडिसकेका छन् ।

यस्तै समयको गतिसँगै बदलिँदो ग्रामीण परिवशेको यथार्थ समस्यालाई मध्यनजर गर्दै मुसिकोट नगरपालिकाले किसानलाई यान्त्रिकीकरण मार्फत किसानलाई कृषि उत्पादनतर्फ उन्मुख गराउने प्रयास थालेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ९० जना कृषकलाई ७५ प्रतिशत अनुदानमा कुटानी–पिसानी मिल र हाते ट्रयाक्टर वितरण गरेको छ । कृषिमा बढ्दो श्रम अभावको न्यूनीकरण, उत्पादन लागत घटाउने र समयको बचत गर्दै खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले किसानहरुलाई उक्त प्रविधि हस्तानत्रण गरिएको नगरप्रमुख जीवलाल खरेल जीवनले बताउनुभयो ।

उहाँले बसाइँसराइका कारण गाउँमा खेती गर्ने जनशक्ति घट्दै गएको, गोरु पाल्ने चलन पनि कम हुँदै गएकाले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्नु अहिलेको आवश्यकता बनेको बताउनुभयो । मुसिकोट‐२ का किसान बुद्धीराम खरेलले भन्नुभयो, “गाउँमा अहिले गोरु पाल्न सम्भव छैन, खेत जोत्नका लागि मान्छे खोज्दा भेटिँदैनन्, यस्तो अवस्थामा आफूले थोरै लगानी गरेर अनुदानमा हाते ट्याक्टर पाउँदा निकै खुसी लागेको छ ।”

हाते ट्याक्टर र कुटानी–पिसानी मिलले किसानको श्रम, समय र लागत कम हुने तथा बाँझो जमिनको उपयोग बढाउन मद्दत पुग्नेछ । पचहत्तर प्रतिशत अनुदानमा मेसिनरी औजार प्राप्त गरेपछि कृषकहरू पनि उत्साहित देखिएका छन् अर्का कृषक कृष्णकुमारी कार्कीले कुटानी–पिसानी मिलले आफूलाई घरमै अन्न पिस्न सजिलो हुने भएको भन्दै यसले समय र ढुवानी खर्चमा समेत बचत हुने बताउनुभयो ।

नगरपालिकाकी कृषि प्राविधिक अस्मिता आचार्यले कृषकले औजारको सही प्रयोग र नियमित मर्मतसम्भारमा ध्यान पु¥याउन सकेका यसबाट लामो समयसम्म फाइदा लिन सकिने बताउनुभयो ।

गाउँ रित्तिँदै गएको वर्तमान अवस्थामा मुसिकोट नगरपालिकाले गाउँमा बाँकी रहेका किसानलाई आधुनिक प्रविधिमार्फत कृषि पेसालाई टिकाइराख्न यस्ता प्रकारका आधुनिक यान्त्रिकीकरण वितरणबाट थप मद्दत पुग्ने अपेक्षा गरिएको जनाएको छ ।