३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जर्मनले पठायो नेपाल सरकारलाई कडा विरोध पत्र

जर्मनले पठायो नेपाल सरकारलाई कडा विरोध पत्र
अ+ अ-

काठमाडौँ । हालैमात्र नेपालमा विकसित घटनाक्रमलाई लिएर जर्मन सरकारले नेपाललाई कडा विरोध पत्र पठाएको छ । खासगरी नेपालको राहदानी छाप्ने ठेक्का पाएका दुई जर्मन कम्पनीमाथि नेपाल सरकारले लिएको कदमका विषयमा विरोध गर्दै जर्मनले सो पत्र पठाएको हो ।

जर्मन सरकारले ती दुई कम्पनीलाई बिनाप्रमाण भ्रष्टाचारको आरोप लगाइएको भन्दै नेपाल सरकारको सो कदमका विषयलाई लिएर गम्भीर आपत्ति जनाएको थियो । सोही बमोजिम आज यस्तो पत्र जर्मन स्थित नेपाली कार्यबाहक राजदूत सागर फुयाँललाई थमाएको हो ।

जर्मन विदेश मन्त्रालयले बिहीबार जर्मनीस्थित नेपालका कार्यवाहक राजदूत फुयाँललाई कार्यालयमै बोलाएर सो पत्र थमाएको बताइएको छ । नेपालमा आफ्ना ती दुई कम्पनीलाई भ्रष्टाचारको आरोपमा मुद्धा दर्ता गरेकोमा विरोध जनाउँदै सो विरोध पत्र दिएको हो ।

सुरुमा उक्त घटनामा कडा विरोध जनाएको जर्मनीले पछि लिखित पत्र नै थमाएको जर्मनी स्थित नेपाली दूताबास स्रोतले जनाएको छ । सो स्रोतका अनुसार नेपाल सरकारलाई प्राप्त विरोधपत्रमा जर्मन सरकारको स्वामित्व रहेको कम्पनी ’भेरोडोस’ र अर्को निजी जर्मन कम्पनी ’म्युल्बाउअर आइडी सर्भिसेस’ लाई नेपालमा भ्रष्टाचार मुद्दा लगाएकोमा आफ्नो गम्भीर चासो रहेको उल्लेख गरिएको छ ।

राहदानी ठेक्कामा भ्रष्टाचार गरेको भन्दै यसअघि नेपाल स्थित जर्मनी राजदूतलाई बोलाएर प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा केरकार गरिएको समाचार बाहिरिएको थियो । त्यस विषयमा पनि जर्मनी सरकारले यसअघि विरोध जनाएको थियो ।

बिहीबार थमाइएको उक्त विरोध पत्रमा सो विषय पनि उल्लेख गरिएको जनाइएको छ । उक्त पत्रमा ती कम्पनीले कुनै अनियमितता नगरेको भए पनि मुद्दा चलाइएको भन्दै प्रतिशोधका आधारमा यस्तो मुद्धा चलाइएको उक्त पत्रमा जनाइएको छ ।

उक्त पत्रमा भनिएको छ— हाम्रो कम्पनीले कुनै पनि भ्रष्टाचारजन्य काम गरेको छैन । त्यसैले अभियोगपत्रमा पनि कुनै प्रमाण उल्लेख छैन । सो पत्रमा जर्मन कम्पनीका कर्मचारीहरूलाई अभियोग लगाएर जर्मन कम्पनीको प्रतिष्ठामा हानि पु¥याएको भनेर नेपाल सरकारको कामप्रति आपत्ति जनाइएको समाचार स्रोतले भनेको छ ।

नेपालमा राहादानी छपाइका लागि ठेक्का पाएका जर्मन कम्पनीले भ्रष्टाचार गरेको आरोप लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती कम्पनीमाथि मुद्दा चलाएको छ । अख्तियारका प्रमुख तथा आयुक्तहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर ९ घन्टासम्म थुनेर जबर्जस्ती मुद्दा चलाउन दबाब दिइएको समाचार यसअघि पनि आएको थियो ।