१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारका नेपालीलाई राष्ट्रपतिको आग्रह : ‘पुर्खाको भूमीलाई सम्झेर भ्रमण बर्षमा नेपाल आउनुहोस्’ (फोटो फिचर)



अ+ अ-

काठमाडौं । म्यानमारको पिनुइलिन पुग्नु भएकी राष्ट्रपती बिद्यादेवी भण्डारीले त्यहाँस्थित नेपाली समुदायलाई सम्बोधनगर्दै नेपाली भाषा संस्कृति रिती रिवाज र परम्पराको संंरक्षण गरेकोमा त्यहाँका नेपाली समुदायको प्रशंसा गरेकी छिन् ।

म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै उहाँले आफ्ना पुर्वज जस्तै मेहनती लगनशील उद्धमी भएर नेपाल र नेपालीको इज्जत राख्दै म्यानमारको विकासमा सहयोगी बन्न म्यानर्माकका नेपालीलाई आग्रह गर्नु भयो ।

उहाले भ्रमण वर्ष २०२० मा आफ्ना पुर्खाको भूमी नेपाललाई सम्झेर नेपाल भ्रमणमा आउन यहाँका नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

भ्रमणका क्रममा म्यानमारमा रहनुभएकी राष्त्रपतीभण्डारीले आजै पिलियुन्स्थित नेशनल क्यान्ढ्ची पार्कको अवलोकन गर्नुभयो । यो पार्कमा वनस्पतिको संरक्षण गरिएको छ । यो पार्क एक सय बर्ष अघिदेखी संरक्षण गरिदै आएको छ ।