• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती…

धानमा कालो पोके, किसानहरु चिन्तित



बागलुङ । धानमा दाना लाग्ने समयमा कालो पोके रोग लागेपछि बागलुङको जैमिनी नगरपालिकाका किसान चिन्तित बनेका छन् । नगरपालिकाको झण्डै ३०० हेक्टर जमीनमा लगाइएको ‘शङ्कर युएस १२’ नामको हाइब्रिड धानमा उक्त रोग लागेको छ । चिसो र वर्षाका कारणले लाग्ने सो रोगले ५० प्रतिशतसम्म उत्पादन घटाउने कृषि प्राविधिक बताउँछन् ।

कालो पोके रोग लागेपछि धानको दाना नलाग्ने, लागेको दाना नबढ्ने र पुष्ट दाना नहुने समस्या हुने बताइएको छ । “धानका लागि कालो पोके खतरनाक रोग हो”, कृषि प्राविधिक रवीन्द्र शर्माले भन्नुभयो, “यसपाली पोके धेरै देखिएकाले धान उत्पादन घट्ने निश्चित छ ।” धानमा दाना लागेर पुष्टिने बेलामा लागेको रोगले उत्पादन घटाउने स्थानीय किसान होमनाथ शर्माले बताउनुभयो ।

“भएको एक हलको मेलो जमीनमा यहीँ धान लगाएको थिएँ, पाँच मुरी धान फल्ने खेतमा ५० पाथी उब्जिन्छ कि उब्जिन्न”, उहाँले भन्नुभयो, “बीउ गतिलो नपरेर हो कि मौसमका कारणले हो, उत्पादन घटेर बर्बाद बनाउने भयो ।” उहाँजस्तै अन्य किसानले लगाएको धानमा सो रोगको समस्या छ । कालो पोके रोगकै कारण विगतको तुलनामा यस वर्ष धानको उत्पादन ह्वात्तै घट्नेमा किसान चिन्तित छन् ।

‘शङ्कर युएस १२’ नामको हाइब्रिड धानमा बाहेक अरु स्थानीय जातका धानमा रोगको सङ्क्रमण नरहेको प्राविधिक शर्माले बताउनुभयो । जैमिनीका किसानले केही वर्ष पहिलेदेखि नै यो धानको बीउ प्रयोग गर्दै आएका थिए । “दश वर्ष पहिलेदेखि यहाँ उत्पादन हुँदै आएको धान हो”, नगरपालिकाका कृषि शाखा प्रमुख अर्जुनप्रसाद श्रेष्ठले भन्नुभयोे, “यसपटक चिसो र वर्षाका कारण कालो पोकेको समस्या देखाप¥यो ।”

रोगको सङ्क्रमणका कारण धानखेतीमा क्षति पुग्ने निश्चित भए पनि किसानले क्षतिपूर्ति भने नपाउने भएका छन् । नेपाल सरकारले ‘शङ्कर युएस १२’ जातको धानको बीउ सामुन्द्रिक सतहबाट ७०० मिटर तल मात्रै प्रयोग गर्न सिफारिस गरेको छ । जैमिनीका किसानले सो धान लगाएको अधिकांश भूभाग ७०० मिटरभन्दा माथि एक हजार चार सय मिटरसम्म रहेकाले क्षतिपूर्ति सिफारिस गर्न नसकिने श्रेष्ठ बताउनुहुन्छ ।

“हाम्रो सल्लाह र सिफारिसमा लगाइएको होइन, किसानले आफैँ ल्याएर बीउ लगाए”, उहाँले भन्नुभयो, “सिफारिस नभएको बीउले बेलाबेला धोका दिइरहन्छ ।” विगतका वर्षमा राम्रो उत्पादन भएको भन्दै कृषि शाखाका प्रमुख श्रेष्ठले नै बीउ बिक्री गर्नुभएको थियो । “सरकारले सिफारिस गरेको छैन तर किसानले मागेपछि हामीले पनि बीउ दियौँ”, उहाँले भन्नुभयो, “अहिले अधिक वर्षा र छिटो चिसो मौसम शुरु भएकाले समस्या देखियो ।” किसानले भने मौसमी सङ्क्रमणका कारण भएको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।