१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन

कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन
अ अ+ अ-

काठमाडौं । सरकारले कक्षा १२ को परीक्षाको नतिजाबारे विद्यार्थीहरूले उठाएका गुनासो तथा प्रश्नहरूको सम्बोधन गर्न समिति गठन गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को उत्तरपुस्तिकाको नमुना परीक्षण (स्याम्पलिङ), प्राप्ताङ्क तथा डेटा इन्ट्रीको पुनः प्रमाणीकरण (भेरिफिकेसन) गर्न समिति गठन गरिएको जानकारी दिएका छन्। उनका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने गरी उक्त समिति गठन गरिएको हो।

हालै सार्वजनिक गरिएको कक्षा १२ को नतिजामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले विरोध जनाउँदै आएका छन्। नतिजा हतारमा प्रकाशन गर्दा गडबडी भएको दाबी गर्दै उनीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए।

विद्यार्थीहरूको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतार नगरिएको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा भनेका छन्, “नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन। आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको हो।”

मन्त्री पोखरेलले आन्दोलनरत विद्यार्थीप्रति सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी नगर्न पनि सबैलाई आग्रह गरेका छन्।

“विद्यार्थीप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,” उनले भने।