६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभा बैठक स्थगित



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा नेकपाका सदस्यले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हो । बैठक सुरुभएसँगै नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको बजेटमा भएका कमजोरीका विषयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको सरकारले स्पष्ट जवाफ नदिएको धारणा राख्नुभयो ।

उहाँले उद्देश्यविहीन र त्रुटीयुक्त बजेटमाथि उठेका प्रश्नको जवाफ नदिई पारित गरिनु सभा र जनताप्रति जवाफदेफिता नहुने बताउनुभयो । बजेट सन्तुलित, समन्यायिक र सामाजिक न्यायमा आधारित नभएको र यससम्बन्धमा सरकारले सुधार नगरुञ्जेल अगाडि बढ्न नदिने भन्दै नेकपाका प्रदेशसभा सदस्यहरूले अवरोज जनाएपछि सभामुख नन्दा गुरुङले १५ मिनेटका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।