९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’

पूर्वाधार निर्माणमा धवलागिरिको फड्को

पूर्वाधार निर्माणमा धवलागिरिको फड्को
अ अ+ अ-

बेनी। म्याग्दीको धवलागिरि गाउँपालिकाले भवन पूर्वाधार निर्माणमा फड्को मारेको छ ।

साबिकको मुना गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

धवलागिरि-३ घट्टेखोलामा स्थानीयबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि गाउँपालिकाले सङ्घीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाएको थियो ।

आर्थिक वर्ष २०७९/८० देखि निर्माण सुरु भएको उक्त भवनको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको अन्त्यसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने तयारी गरिएको बताउँदै उहाँले हालसम्म करिब ९० प्रतिशत भौतिक प्रगति हासिल भएको जानकारी दिनुभयो ।

प्रतिष्ठा-जुम्ली-माछापुच्छ्रे जेभीसँग रु सात करोड ७१ लाख ८९ हजार ६६६ मा ठेक्का सम्झौता भएको थियो । निर्माण सामग्रीमा भएको मूल्य वृद्धि तथा सङ्घीय सरकारले भुक्तानी कर तिर्नुपर्ने दायित्वको रकम आउन ढिलाइ हुँदा निर्माण प्रभावित हुँदै आएको ठेकेदार कम्पनीले जनाएको छ ।

निर्माण व्यवसायीलाई करिब रु तीन करोड भुक्तानी दिन बाँकी रहे पनि चालु आवको हालसम्म सङ्घीय सरकारबाट रु ६० लाख मात्रै बजेट आएको उल्लेख गर्दै थप बजेट प्राप्तिका लागि निरन्तर पहल भइरहेको प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।

“अन्तिम पटक थप भएको समयसीमाभित्रै काम सम्पन्न गराउनका लागि निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौँ । चालु आवमा भवनको पूर्वाधार निर्माण सकिएमा आगामी आवको असोज/कात्तिकसम्म फर्निचरसहित अन्य पूर्वाधार व्यवस्थापन सकेर यही भवनबाटै सेवा प्रवाह सञ्चालन गराउने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

म्याग्दीका पाँच गाउँपालिकामध्ये प्रशासकीय भवन बनाउने पहिलो बनेको धवलागिरिको तीनतले भवनमा २७ वटा कोठा, एक-एक वटा सभाहल र बैठक कक्ष हुनेगरी पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले बताउनुभयो ।

गाउँपालिकाको प्रशासकीय भवनसँगै वडा कार्यालय, स्वास्थ्य चौकी भवन, सामुदायिक भवनहरू निर्माणले तीव्रता पाएका उहाँको भनाइ छ । धवलागिरि-७ ताकममा पाँच शय्या क्षमताको आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार शाखा प्रमुख रावलले जानकारी दिनुभयो । उहाँका अनुसार गुर्जा, मल्कबाङ, मुना र मुदीमा स्वास्थ्य चौकीका नयाँ भवन निर्माण भएका छन् । लमसुङ र मराङमा यसअघि नै स्वास्थ्य चौकीको भवन निर्माण भएका थिए ।

सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि वडा कार्यालयको भवन निर्माणलाई समेत जोड दिइएको रावलले बताउनुभयो । धवलागिरि-२, वडा नं ४ मुदी, वडा नं ६ मराङ र वडा नं ७ ताकममा वडा कार्यालयको नयाँ भवन निर्माण भइसकेको जनाउँदै पूर्वाधार शाखा प्रमुख रावलले वडा नं ५ मल्कबाङमा गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय सामुदायिक भवनबाट सेवा प्रवाह हुँदै आएको बताउनुभयो ।

विद्यालय र अन्य निकायको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएकामा वडा कार्यालयको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको धवलागिरि-४ का वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो । गाउँपालिकाले गुर्जामा वडा कार्यालयको भवन निर्माणको योजना बनाएको छ ।

धवलागिरि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विद्यालय भवन, खेलमैदान, सामुदायिक स्वास्थ्य एकाइलगायत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने जनाएको छ । रासस