३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रुसको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादव सहभागी

रुसको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादव सहभागी
अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनु भएको छ ।

नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए। नोभीकोभले आयोजना गरेको उक्त समारोहमा प्रधानसेनापति अशोकराज सिग्देल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख र पदाधिकारी, पूर्वमन्त्री, नेपाल सरकारका वरिष्ठ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो।

कार्यक्रममा राजदूत नोभीकोभ द्विपक्षीय सम्बन्धहरूका विषयमा, रुस र नेपॉलबीच यस वर्ष विशेष महत्व राख्ने बताउनु भयो । उहाँले भन्नुभयो आगामी जुलाई २० मा ७० औं वार्षिकोत्सव मनाउनेछौं यो केवल राजनयिक सम्बन्धहरूको नभई सद्भाव, पारस्परिक सम्मान र जनस्तरका सम्पर्कमा आधारित परम्परागत र समयपरीक्षित मित्रताको वर्ष हो । उहाँले नेपालको सार्वभौम कूटनीति, असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित, रुसले सधैं मूल्याङ्कन गरेको स्मरण गर्नुभयो ।

उहाँले पारस्परिक साझेदारीका सम्भावनाहरूप्रति आशावादी रहेको उल्लेख गर्दे विशेषगरी जलविद्युत, सूचना प्रविधि, कृषि‑उद्योग, औषधि र जैवप्रविधि, यातायात पूर्वाधार (रेलवेसमेत), पर्यटन र मानवीय सम्पर्कहरूमा आर्थिक सहयोग यस साझेदारीको मूलाधार सहकार्य हुन सक्ने बताउनु भयो ।

उक्त अवसरमा रुसी गायिका अन्ना गोस्टाले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।