३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘आफताब जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

‘आफताब जेल नगएसम्म छोराको किरिया गर्दिनँ’
अ+ अ-

रौतहट – रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन्। अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ। राजपुर बम काण्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए। ‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन। कसरी काजकिरिया गर्ने’ आँखाभरि आँसु पार्दै श्रीनारायणले भने, ‘छोरो मरेको हो भने न्याय पाउनुप-यो, जिउँदै छ भने देखाइदिनुप-यो।’

२०६४ चैत २७ गते साँझ बम विस्फोटमा छोरो मारिएको अनौपचारिक जानकारी प्राप्त भएको र आफूले १२ वर्षदेखि सर्वोच्च अदालतसम्म धाएर न्याय खोजिरहेको बताउँदै सिंहले अब भने न्याय पाउने र छोराको काजकिरिया गर्न पाउने आशा गरेका छन्। ‘बम काण्डका मुख्य अभियुक्त आफताब आलम पक्राउ परेकाले अदालतले न्याय दिने र मैले छोराको काजकिरिया गर्ने अवसर पाउने विश्वास छ।’ अरुलाई प्रभावित गर्न सक्ने पिन्टुको बोल्ने शैलीले गर्दा नेपाली कांगेसको प्रचारप्रसारमा सहभागी हुन भन्दै राजपुरका शेख भदईले चैत १८ गते घरबाटै बोलाएर लगेको सिंह अहिले पनि झल्झली सम्झन्छन्।

‘मेरो छोरा बम विस्फोटमा घाइतेमात्रै भएको थियो, मरेको थिएन। भारतको मोतिहारीमा उपचार गर्ने बहानामा छोरालाई बोरामा कोचेर इँटा बनाउने भट्टामा लगेर पोलेको सुनिन्छ।’ छोरालाई बोलाएर लैजाने शेख भदईलाई बारम्बार सम्पर्क गर्दा हुन नसकेपछि छोरालाई हत्या गरेर भट्टामा फालेको आफूलाई पनि विश्वास लागेको उनी बताउँछन्।

विस्फोटको घटना लुकाउन आलम र उनका मतियारले घाइते र मृतक सबैलाई नजिकैको भट्टामा हालेको उनी बताउँछन्। त्रिलोकसँगै स्थानीय ओसी अख्तरलाई पनि सोही भट्टामा हालिएको आरोप आलममाथि लागेको छ। घटनास्थलमा पुगेकी ओसीकी आमा रुक्साना खातुनले छोराको जुत्तामात्रै भेटेकी थिइन्।

प्रहरीले जाहेरी नबुझेपछि श्रीनारायण र रुक्सानाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। बमकाण्डको १२ वर्षपछि रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री आलमलाई गत आइतबार प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न अन्य चार फरार छन्। फरार हुनेमा आलमका भाइ महम्मद महताब आलम, बम बनाउने शेख भदई, शेख मोबिन र शेख सेराज छन्। अभियुक्त सबै राजपुरकै हुन्। रौतहट प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।

बयानमा बोलेनन् आलम

राजपुर बमकाण्डका मुख्य अभियुक्त आफताब आलमले बयानमा असहयोग गरेका छन्। आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले बयानका लागि दुई दिनसम्म सरकारी वकिलको कार्यालय लग्यो। अस्वस्थ भएको तथा घरपरिवार र वकिलसित सल्लाह नगरेको भन्दै उनले बयान दिन इन्कार गर्दै आएका छन्। नागरिक दैनिकमा खबर छ ।