११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी



अ+ अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।

उहाँले भन्नुभयो, “एकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ । आज बिहान ९ः०० बजे नामावली प्रकाशन गरिनेछ ।”

केन्द्रीय सदस्य र पदाधिकारीको मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) सँगै मोबाइल एप प्रयोग गर्ने तयारी रास्वपाले गरेको छ। मतदान स्थलमा ८० ओटा मसिन तयारी अवस्थामा राखिएको केसीले बताउनु भयो ।

केसीका अनुसार मतदान सकिएको दुई घण्टामै मतपरिणाम आउँछ।’

रास्वपाको महाधिवेशनमा दुई चरणमा निर्वाचन गर्ने पार्टी विधानमा व्यवस्था छ।

विधानअनुसार पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने व्यवस्था रास्वपाको विधानमा छ। ९९ केन्द्रीय सदस्य पदका लागि ४०० बढीको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

केन्द्रीय सदस्यमा निर्वाचित हुने नेता मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउनेछन्।

रास्वपाले यसपटक विधान संशोधन गरेर पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ। यसअघि रास्वपामा पदाधिकारी संख्या १२ थियो ।

तस्बिर : चन्द्रकला क्षेत्री/रासस