२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन



अ+ अ-

काठमाडाैँ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, बौद्धनाथ स्तुप क्षेत्र र स्वयम्भूनाथ क्षेत्रमा गुठी संस्थान र सम्बन्धित सम्पदास्थलमा रहेका कोष एवं समितिबीच जग्गा स्वामित्व विवाद रहेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनको कार्यमूलक लेखापरीक्षण खण्डमा उल्लेख छ ।

गुठी संस्थान ऐन, प्राचीन स्मारक संरक्षण ऐन तथा सम्बन्धित क्षेत्र विकास समितिको ऐन, नियमबीच सामाञ्जस्यता कायम गरी मूर्त तथा अमूर्त सम्पदाको स्वामित्व किटान गरी सोको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको हो । संस्थानले काठमाडौँमा एक हजार २८२, भक्तपुरमा ३०९ र ललितपुरमा ४२२ समेत उपत्यकाभित्र दुई हजार १३ अमूर्त सम्पदाअन्तर्गत रहेका जात्रा, पर्व र पूजापाठ सञ्चालन गुठीको आम्दानीबाट गर्ने गरेको छ ।

स्थानीय तह र सम्बन्धित हेरचाह अड्डा, कोष तथा विकास समितिले समेत यी सम्पदा सञ्चालनमा योगदान गर्दै आएका छन् । देशभर ७१७ मठ, मन्दिरलगायतका सम्पदाको जात्रा, पर्व र पूजापाठका लागि उपत्यकाभित्रका एक हजार ११२ समेत ६८ जिल्लामा दुई हजार ८२ राजगुठीअन्तर्गत पहाडी क्षेत्रमा पाँच लाख ६१ हजार ९९० रोपनी र तराई क्षेत्रमा ६६ हजार ३३० बिघा गुठी जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।