८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत आजका लागि निर्धारित बन्द सत्र स्थगित गरिएको छ।

महाधिवेशन प्रतिनिधिको संख्या थपघट तथा मधेश प्रदेशमा देखिएको प्रतिनिधि चयनसम्बन्धी विवादका कारण बन्द सत्र निर्धारित समयमा सुरु हुन नसकेको हो।

रास्वपाका एक स्रोतका अनुसार विवादित विषयहरूमा सहमति जुटाउन र आवश्यक व्यवस्थापन मिलाउन आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरिएको हो। पार्टी नेतृत्वले प्रतिनिधिसम्बन्धी देखिएका असन्तुष्टि र विवादलाई समाधान गरेर मात्र बन्द सत्र सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

बन्द सत्रमा सहभागी हुन देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि कार्यक्रमस्थलमा पुगेका थिए। तर दिनभर प्रतीक्षा गर्दा पनि सत्र सुरु हुन नसकेपछि अन्तिम समयमा स्थगनको निर्णय गरिएको हो।

पार्टीभित्र देखिएका विवाद समाधानका लागि नेतृत्व तहमा छलफल जारी रहेको र सहमति जुटेपछि बन्द सत्रको नयाँ समय तय गरिने बताइएको छ।