४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलमले दिए अदालतमा यस्तो बयान



अ+ अ-

काठमाडौं । बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई इँटाभटामा ज्युँदै पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले घटना नै नभएको दाबी गरेका छन्। शुक्रबार बयानको लागि सरकारी वकिल कार्यालयमा पेश गर्दा आलमले आफूलाई फसाउने ष ड्यन्त्र भएको बताएका छन् ।

‘घटना नघटेका कारणले महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो त्यही नै सत्य हो,’ उनले भने । आलमलाई दोस्रो पटक पाँच दिनको म्याद थपिएको छ ।

जिल्ला अदालत गौरले उनलाई पाँच दिनको म्याद थप गरेको हो । बयान प्रक्रिया पूरा नभएकोले प्रहरीले पुनः बयान गराउनको लागि म्याद लिन आज आलमलाइ प्रहरीले अदालतमा पेश गरेको हो ।