११ भाद्र २०८३, बिहीबार
,
Latest
जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्तित्र दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिनुभएको छ ।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो चेतावनी दिनुभएको हो । उहाँले नेपालजस्तो मुलुकले गलत निर्णयबाट उत्पन्न हुने भूराजनीतिक दबाब थेग्न कठिन हुने भएकाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहनुपर्ने बताउनु भयो ।

उहाँले सरकार गठन भएको सय दिन नपुग्दै केही निर्णय र गतिविधिले प्रश्न खडा गरेको उल्लेख गर्दै महाधिवेशनमार्फत ती प्रश्नको जवाफ दिन रास्वपालाई आग्रह गर्नुभयो । उहाँले लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्थामा आधारित रहेको भन्दै न्यायपालिका, राष्ट्रपति संस्था, संसद तथा आलोचनात्मक आवाजहरू कमजोर पार्ने प्रयास भए जनताको समर्थन क्रमशः क्षयीकरण हुने चेतावनी पनि दिनुभयो । उपमहासचिव ज्ञवालीले सरकारका केही प्रारम्भिक कदम रास्वपाको आफ्नै चुनावी प्रतिवद्धता तथा लोकतन्त्र सुदृढीकरणको वाचासँग मेल नखाएको देखिएको टिप्पणी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा कुनैपनि गलत निर्णयले पार्नसक्ने भूराजनीतिक दबाब नेपालजस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ । त्यसो भएको हुनाले तपाईहरुको यो जनमत राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितको रक्षाका लागि सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ । दोस्रो, सरकारले अझै सय दिन पुरा गरेको छैन । आलोचना गर्न मन छैन र यो आलोचना गर्ने थलो पनि होइन । तर पनि प्रारम्भिक केही निर्णयहरु, केही गतिविधिहरुले केही प्रश्नहरु भने खडा गरेका छन् । तपाईहरुले यो महाधिवेशनबाट ती प्रश्नहरुको जवाफ दिनुपर्छ । किनभने लोकतन्त्र भनेको नियन्त्रण र सन्तुलनको व्यवस्था हो ।’

उहाँले लोकतान्त्रिक संस्थाको सम्मान, आलोचनाको ग्रहणशीलता र जनमतप्रतिको उत्तरदायित्व कायम राख्न रास्वपालाई आग्रह गर्नुभयो।

तस्बिरः प्रदीप राज वन्त/रासस