२६ असार २०८३, शुक्रबार
,
Latest
तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ओरालो यात्रामा



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.७७ विन्दुले घटेर २४८.३५ विन्दुमा पुगेको छ ।

नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १२८ कम्पनीको चार लाख २१ हजार ४७४ कित्ता शेयर रु ११ करोड ३३ लाख ५९ हजार ९५६ मूल्यमा खरीद बिक्री भए । स्टकले धितोपत्र नविकरण शुल्क नबुझाएका कारण शुक्रबारदेखि कूल ८१ कम्पनीको शेयर कारोवारमा रोक लगाएपछि त्यसको प्रभाव बजारमा समेत परेको हो । नियमानुसार नविकरण शुल्क नबुझाएका कारण स्टकले ती कम्पनीको शेयर कारोवारमा रोक लगाएको हो ।

कारोवार भएका कूल ११ उपसमूह कै शेयर ओरालो लागेको छ । बैंकिङ ३.९३, होटल ५.७, विकास बैंक २.६६, जलविद्युत् २.०५, वित्त ०.३४, निर्जीवन बीमा १६.७३, उतपादन १३.३३, अन्य २.७२, लघुवित्त २.५५, जीवन बीमा २३.३७ र सामूहिक लगानी कोष ०.३१ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड नौ लाख ४६ हजार ७३६ मूल्य बराबरको शेयर कारोवार भएको छ । यस्तै एभरेष्ट बैंक रु ७३ लाख ५४ हजार ६००, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५४ लाख ५१ हजार ४८९, एनआइसिएशिया बैंक रु ४८ लाख ५० हजार २०१, कृषि विकास बैंक रु ४५ लाख ८८ हजार ९७८ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज एनआइबिएल प्रगति फण्ड ३.८४, सानिमा माई हाइड्रोपार ३.२१, एनआइबिएल फण्ड एक २.७१, सबैको लघुवित्त वित्तीय संस्था १.९९ र एनआइसि एशिया ग्रोथ फण्डका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए ।

यस्तै सिनर्जी पावर ५.३३, सिटी एक्सप्रेस फाइनान्स ४.३१, गुराँस लघुवित्त वित्तीय संस्था ३.६८, आँखु खोला जलविद्युत् कम्पनी ३.६८, प्राइम लाइफ इन्स्योरेन्स ३.४१ र हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३.१८ प्रतिशतले गुमाए ।